अकू फोरम-२०२४
अकू फोरम २०२४ का आकर्षणहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकू फोरम २०२४ का आकर्षणहरु

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को आयोजनामा Rooted Resilience: Bridging the Gaps for Sustainable Future for Asian Credit Unions भन्ने थिमका साथ इन्डोनेसियाको पर्यटकीय तथा रमणीय प्रान्त बालीमा अकू फोरम २०२४ आयोजना हुँदैछ ।

यही सेप्टेम्बर ५ देखि ७ (भदौं २० गतेदेखि २२) सम्म आयोजना हुने अकू फोरम पूर्व र समापन पछि पनि योसँग सम्बन्धित कार्यक्रमहरु राखिएका छन् । केही कार्यक्रम सम्पन्न भएका छन् भने अरु कार्यक्रम बाँकी नै रहेका छन् । 

अक्कू फोरम २०२४ सकिएसँगै सेप्टेम्बर ८ (भदौ २३ गते आइतबार) मा अकूको वार्षिक साधारण सभा आयोजना गरिएको छ । सभाले सन् २०२४ देखि सन् २०२६ सम्मका लागि महासंघको नयाँ सञ्चालक समिति निर्वाचित गर्नेछ ।

साधारण सभाले सन् २०२३ सेप्टेम्बर १७ मा काठमाडौंमा सम्पन्न ४२औं साधारण सभाको माइन्यूट स्वीकृत गर्नुका साथै अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा व्यवस्थापनको तर्फबाट प्रमुख कार्यकारी अधिकृतको प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ भने बाह्य लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ ।

यसैगरी, सभाले अकूको आर्थिक वर्ष २०२४/२५ को योजना तथा बजेट पारित गर्नेछ । प्रत्येक सदस्य संघहरुले आफ्ना गतिविधि समेटिएको संक्षिप्त लिखित प्रतिवेदन (बढीमा ५ मिनेट लामो) पढेर सुनाउने कार्यक्रम छ । यस्तै, सभाले अकू सञ्चालक समितिले पारित गरेको नयाँ अफिलिएट सदस्यको अनुमोदन पनि गर्नेछ भने आगामी वर्षको अकू फोरम तथा ४४औं वार्षिक साधारण सभाको मिति र स्थानसँगै अकूको आगामी तीन वर्षको वर्किङ क्यालेन्डर पनि पास गर्नेछ । 

अकू फोरम अन्तर्गत सेप्टेम्बर २ देखि ४ (भदौं १७ गतेदेखि १९ सम्म) प्रि–फोरम आयोजना गरिएको छ जसअन्तर्गत सिईओ वर्कशप, महिला तथा युवा कार्यशाला तथा एसियन क्रेडिट युनियन एक्ज्युकेटिभ सोसाईटी (एक्युज) वर्कशप सञ्चालन हुनेछन् ।  सेप्टेम्बर २यसैगरी, सेप्टेम्बर ३ अर्थात् आज (भदौ १८ गते) तथा सेप्टेम्बर ७ (भदौं २२) मा अकू सञ्चालक समितिको क्रमशः ११२औ तथा ११३औं बैठक बस्दैछ । यस्तै, लेखा सुपरिवेक्षण समितिको बैठक सेप्टेम्बर ५ (भदौ २०) मा बस्नेछ । सेप्टेम्बर ६ (भदौ २१ गते) अकू फोरमको उद्घाटनसहित औपचारिक कार्यक्रम आयोजना हुनेछ भने भदौ २२ गते बाँकी कार्यक्रम आयोजना हुनेछ । यी दुबै दिन क्रेडिट युनियनका समसामयिक विषयमा विभिन्न प्लेनरी तथा ब्रेकआउट सत्र सञ्चालन हुनेछन् ।

अकू फोरमका सबै कार्यक्रममा गरेर १९ देशबाट ५ सय बढीको सहभागिता रहने अकूले जनाएको छ । उक्त अवसरमा सहभागीहरुले केही इन्डोनेसियाली क्रेडिट युनियनहरुको स्थलगत अवलोकनमार्फत असल अभ्यासबारे जानकारी समेत लिनेछन् । अकू फोरममा नेपालको तर्फबाट पनि महत्वपूर्ण सहभागिता रहनेछ । फोरममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी तथा कोषाध्यक्ष दिपक थापासहितको टोली सहभागी हुनेछ भने संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा प्रि फोरम तथा सिईओ वर्कशपमा सहभागी हुन केही दिनअघि नै बाली गइसक्नुभएको छ । 

फोरममा संघका सिईओ डा. सापकोटाले क्रेडिट युनियनको भावी कार्यदिशा तय गर्ने विषयमा बहसपैरवी तथा नियामकीय संरचनाको महत्वबारे प्रस्तुतीकरण गर्नुहुनेछ ।  उहाँले Shaping the Future of Credit Union Movements: Policy Advocacy and Regulatory Frameworks  विषयमा प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम छ । सोही सत्रमा उहासँगै अफ्रिकन कनफेडेरेशन अफ कोअपरेटिभ अफ सेभिङ्स एण्ड क्रेडिट एशोसिएसन्सका सिईओ जर्ज ओम्बाडाले पनि प्रस्तुती गर्नुहुनेछ । उत्र सत्रको सहजीकरण फिलिपिन्सका डिभेलपमेन्ट एजुकेशटर बेट्सी जोई टानले गर्नुहुने कार्यक्रम छ । 

सन् २०१४ पछि पहिलो पटक फोरम इन्डोनेसियामा आयोजना गरिएको हो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप