एजेन्सी । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४ को औपचारिक उद्घाटन आज स्थानीय समय अनुसार अपरान्ह ३ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ । उक्त अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले UN International Year of Cooperatives-2025 को ओपचारिक घोषणा गर्नुहुनेछ ।
उक्त कार्यक्रममा भुटानी प्रधानमन्त्री, संयुक्त राष्ट्र संघीय उच्चप्रतिनिधिहरु,आईसीएका अध्यक्ष, भारतीय गृह तथा सहकारी मन्त्री अमित शाहसँगै विभिन्न मुलुकको सहकारी अभियानका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।
यसैगरी, रोचडेल पायोनियर्स अवार्ड पनि आजै घोषणा गरिने छ । आज साँझ ८ बजे सहभागीहरुको सम्मानमा सम्मेलनको मुख्य आयोजक इन्डियन फामर्स फर्टिलाइजर कोअपरेटिभ (इफ्को) ले रात्रीभोजको कार्यक्रम राखेको छ । सम्मेलन ३० नोभेम्बर सम्म चल्नेछ । यस दौरान सम्मेलनका लागि नयाँ दिल्लीस्थित भारत मण्डपलाई आकर्षक रुपमा सजिसजाउ गरिएको छ । आईसीए स्थापनाको १ सय ३० वर्षपछि पहिलो पटक भारतमा आयोजना हुने सम्मेलन २०२४ को थिम Cooperatives Build Prosperity For All रहेको छ ।
आईसीएको प्रत्यक्ष सदस्य नेफ्स्कूनसँगै राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी विकास बोर्ड एवम् संचारकर्मीहरुको टोली पनि नयाँ दिल्ली पुगिसकेको छ । नेफ्स्कूनबाट सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक शोभकुमारी राउत तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा सहभागी हुनुहुन्छ ।
सम्मेलनको दौरान आईसीएको वार्षिक साधारण सभा पनि आयोजना हुँदैछ । यसबाहेक सहकारी अभियानका थुप्रै समसामयिक विषयमा छलफलसहित निष्कर्ष निकालिने कार्यक्रम छ । खासगरी दिगो विकासको लक्ष्य २०३० प्राप्तिमा विश्व सहकारी अभियानको भूमिकालाई केन्द्रमा राखेर सम्मेलनमा छलफल हुनेछ ।
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१३ दिन अगाडि
९ दिन अगाडि
८ दिन अगाडि
१६ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
३ दिन अगाडि