नेपालगञ्ज बाँकेमा निरिक्षण अनुगमन अभिमुखिकरण कार्यक्रम (SCAN) सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालगञ्ज बाँकेमा  निरिक्षण अनुगमन अभिमुखिकरण कार्यक्रम  (SCAN) सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) बाँके सदस्य सेवा कार्यालयको आयोजनामा नियमित निरिक्षण अनुगमन स्क्यान अभिमुखिकरण कार्यक्रम लुम्बिनी प्रदेशको नेपालगंज बाँकेमा सम्पन्न भएको छ ।

कार्यक्रमको सहजिकरण गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघ÷संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न, स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेसन तथा कब्र्स गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन सक्षमता विकासको लागि नयाँ परिमार्जन कार्यक्रम (SCAN)  ल्याएको बिषयमा सहजिकरण गदै, स्क्यान र संस्थाहरु प्रविधिमा जोडिन कार्यमा जोड दिनुभएको थियो । यसको संंस्थाहरुले फाईदा उठाउन सहकारीहरुलाई अनुरोध गर्नु भएको थियो । कार्यकारी अधिकृतले राज्यले प्रवाह गर्ने सुचना जानकारी मापदण्ड सबै एकै ठाउबाट आउनाको लागी संघले समवन्य पहल गरेको विषमा जोड दिनुभयो । साथै संस्थाका अध्यक्ष तथा ब्यवस्थापकहरुको जिज्ञासालाई समेत अन्तरक्रियात्क कार्यक्रम फार्फत उत्तर दिनु भएको थियो ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सहकारीका समसामयिक बिषय बस्तु र सहकारी नियमन प्राधिकरणको संस्था दर्ता गनुपर्ने बिषय गनुपर्ने, प्रक्रियाका बारेमा साथै साकोसहरु ऐन नियम सिद्धान्तमा नियामक निकाय बमोजिम चल्नुपर्नेका साथै संघले ल्याएको स्क्यान मा जोडिनुपर्ने, सबै संस्थाहरु प्रबिधिमय बमोजिम कार्य गर्नमा जोड दिनुभयो । कार्यक्रममा साकोसका व्यवस्थापक तथा अध्यक्षहरुबाट उठेका प्रश्नहरुको उत्तर दिनुभएको थियो ।  
कार्यक्रममा उपस्थित राष्ट्रिय सहकारी बैकका सञ्चालक सदस्य विजया धिताल, जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रेम बहादुर शाहा, संघका प्रार्चाय बलभ तिमिल्सिेना, लगायत सहकारीकर्मीहरुको सहभागीता रहेको थियो । बाँके बर्दिया जिल्ला बाट ३० वटा सस्थाबाट ५५ जनाको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप