नेफ्स्कूनको आयोजनामा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्नः भर्चुअल तालिमहरु जारी रहने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्नः भर्चुअल तालिमहरु जारी रहने

काठमाडौं । कोभिडका कारण भौतिक भेटको सम्भावना क्षीण बन्दै गइरहेको समयमा नेफ्स्कूनले सहकारी अभियान भित्र र बाहिर रहनुभएकाहरुलाई अत्यन्त आवश्यक पर्ने प्रस्तावना लेखन तथा प्रतिवेदन तयारी तालिम आज अभौतिक सञ्चालन गरेको छ । असहज अवस्थामा सदस्य र सम्भावित सदस्यहरुलाई ध्यानमा राखी नेफ्स्कूनले भर्चुअल तालिम शिक्षालाई निरन्तरता दिदैं आजको संक्षिप्त तालिम आयोजना गरेको हो । नेफ्स्कून तालिम केन्द्रले विषम परिस्थितिलाई मध्यनजर गरी यस्ता भर्चुअल तालिमहरु औचित्य, आवश्यकता र मागका आधारमा लगातार सञ्चालन गर्ने जानकारी गराएको छ । यो महिना र अर्को महिनाका लागि विभिन्न सशुल्क र निःशुल्क तालिमका कार्यक्रमहरु तय भैसकेको जानकारी आज गराइएको थियो ।

नेफ्स्कूनका अध्यक्ष अध्यक्ष परितोष पौड्यालले साकोस अभियानको सञ्जाल सबल बनाउने कामसँग नेफ्स्कून जोडिएको बताउनुभएको छ । उहाँले त्यसका लागि अभियान भित्र र बाहिरकाहरुसँग मिलेर कामहरु भैरहेको जानकारी गराउनुभयो । कोभिडको संक्रमण बढिरहेको अवस्थामा सदस्यहरुसँगको सम्बन्धलाई थप सुमधुर बनाउन र आवश्यकताहरु सम्बोधन गर्न नेफ्स्कूनले भर्चुअल माध्यमबाटै तालिम र शिक्षाको कार्यक्रमलाई पहिला झै निरन्तरता दिएको उल्लेख गर्दै यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।

आजको तालिमबाट वस्तु र घटनाको वस्तुपरक विश्लेषण गर्ने, परिणामको लागि बैज्ञानिक खाका तयार गर्ने जानकारी प्राप्त हुने भन्दै अध्यक्ष पौड्यालले ज्ञान, सीप र क्षमता अभिवृद्धिमा तालिम सहयोगी हुने दाबी गर्नुभयो । उहाँले नेफ्स्कूनले निरन्तर तालिम शिक्षालाई जोड दिएको छ र अबका दिनमा पनि भर्चुअल कार्यक्रमहरु निरन्तर सञ्चालन हुने बताउनुभयो । अध्यक्ष पौड्यालले सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यको लागि सबैको पहल आवश्यक पर्ने बताउनुभयो ।
बिहान ११ बजे सुरु भएको अभौतिक कार्यक्रममा नेफ्स्कूनका पदाधिकारीहरु, सञ्चालकहरु, उपसमितिका पदाधिकारीहरु, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख तथ अन्य कर्मचारीहरु लगायत जुम प्लेटफर्मममा ३ सय जनाको प्रत्यक्ष सहभागिता थियो भने साकोस आवाज तथा नेफ्स्कून तालिम केन्द्रको फेसबुक पेज लाइभमार्फत पनि थुप्रै व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले विषम परिस्थितिमा सबै मिलेर सहकार्य गर्न सक्यौं भने सहज हुने भन्दै संघको नारा सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यले नै पनि त्यही आशय बोकेको बताउनुभयो । उहाँले सबैलाई सुरक्षित रहन र नेफ्स्कूनका भर्चुअल तालिमहरुबाट लाभ लिन आग्रह गर्नुभयो । छिट्टै नेफ्स्कूनले साकोस म्यानेजर्स क्लबसँगको सहकार्यमा नेपालमा भएका उत्कृष्ट सहकारी अभ्यासहरुको बारेमा भर्चुअलमाध्यमबाट कार्यक्रम राख्ने अवगत कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले गराउनुभयो । उहाँले अब निरन्तर तालिम सञ्चालन हुने बताउनुभयो । नेफ्स्कूनसँग भएका मोडल प्रस्तावना र प्रतिवेदनहरु समेत माग भएमा उपलब्ध गराउन सकिने बताउनुभयो । उहाँले सुरक्षित रहेर सदस्यहरुमा सेवा निरन्तरता दिन आग्रह गर्नुभयो ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीन राज दाहालले सहजीकरण गर्नुभएको आजको तालिम कार्यक्रममा प्रस्तावना पूर्व अवधारणा पत्र, प्रस्तावना तयारी र प्रतिवेदनका विविध आयामहरु समेटिएको थियो । 
सुरुमा प्रस्तावना र अन्त्यमा प्रतिवेदन लेखिने बताउँदै सहजकर्ता दाहालले परियोजना प्रस्तावहरु, कार्यक्रम प्रस्तावना, तालिम प्रस्तावना, अनुसन्धान प्रस्तावना, तर्कबद्ध योजनामा आधारित प्रस्तावना गरी ५ प्रकारको प्रस्तावनाको उदाहरणसहित विस्तृत चर्चा गर्नुभएको थियो । सरकारका संघीयदेखि प्रादेशिक र जिल्लाहुँदै स्थानीय तह, राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय, द्धिपक्षीय र बहुपक्षीय निकाय लगायत थुप्रै सहयोगी निकायहरु भएकाले सहकारीहरुलाई पनि कार्यक्रम सञ्चालन गर्न प्रस्तावना लेखनको काम आवश्यक भएको जानकारी गराउनुभएको थियो ।

प्रस्तावना लेखनपूर्व ध्यान दिनुपर्ने कुराहरुका बारेमा उल्लेख गर्दै तालिममा सत्यपरक तथ्याङक, वस्तुपरक केस स्टडी र फ्याक्टहरुमा विश्वसनीयता हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्षेत्रका आधारमा अवधारणा पत्र तयार, सही लक्षित समूहको छनौट र आधारहरु महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

प्रस्तावनाको लागि अवधारणा पत्र, प्रस्तावनाको ढाँचा भित्र रहने कभर पेज, विषय सूची, अनुसूचीहरुको विवरण, चित्र फोटोग्राफहरु, डायग्रामहरु, तथ्याङ्कहरुको विवरण आदि विषयमा चर्चा तालिममा गरिएको थियो भने परियोजनाको आवश्यकता, भिजन, मिसन, लक्ष्य उद्देश्य र गतिविधिहरु, समयावधि, कार्ययोजना, प्रस्तावनका अवयवहरु, आदि समावेश गरिनुपर्ने कुराहरुलाई जोड दिइएको थियो ।
सवाल र समस्याहरुलाई प्राथमिकीकरण गरिनुपर्ने, कारण र असरको बिश्लेषण गर्नुपर्ने, सामाजिक परिवेश, शक्ति सम्बन्ध, विकासको अवधारणा, सांस्कृतिक अवस्था, आर्थिक परिवेश, प्रविधिको सहजता र स्रोतका पहुँचको अवस्था कस्तो छ भन्ने कुराहरुलाई ध्यान दिनुपर्ने जानकारी गराइएको थियो ।

अवधारणा पत्र मागको आधारमा तयार गरिनुपर्ने बताउँदै दातृ निकायको नमूना फारम, नीतिगत अभ्यास आदिका बारेमा जानकारी आवश्यक हुने भन्दै सहजकर्ता दाहालले आफ्नो प्रस्तुतिमा दातृ निकायको बार्षिक प्रतिवेदन अध्ययन, ट्रेन्ड बिश्लेषण आदि गरेर मात्र अवधारणा पत्र तयार गर्दा अर्थपूर्ण हुने तालिममा बताउनुभएको थियो । राष्ट्रिय नीति, रणनीति, अल्प, मध्यम र दीर्घकालीन योजनाहरुसँग तारतम्य मिल्ने गरी प्रस्तावना तयार गर्नुपर्ने बताइएको थियो । त्यसैगरी आयोजना सञ्चालन गरिसकेपछिका सबै विवरणहरुलाई प्रतिवेदनमा सही, तथ्यपरक र विश्वासिलो ढंगले प्रस्तुत गर्नुपर्ने जानकारी गराउँदै कार्यक्रममा प्राप्त सुझावहरुको समेत उहाँले सम्बोधन गर्नुभएको थियो । आजको कार्यक्रम सञ्चालन नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप