गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षण कार्यक्रम निर्देशिका अद्यावधिक कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षण कार्यक्रम निर्देशिका अद्यावधिक कार्यशाला सम्पन्न

पनौती, काभ्रे । नेफ्स्कूनले सञ्चालन गरेका गुणस्तर सुनिश्चिता र जोखिम सुपरिवेक्षण कार्यक्रमको निर्देशिका अद्यावधिक गर्ने ३ दिने कार्यशाला आज सम्पन्न भएको छ । नेफ्स्कूनको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) तथा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (करब्र्स) हेर्दै आएका सदस्य सेवा विभाग अन्तर्गत मानव संशाधनबीच दुबै कार्यक्रमको म्यानुअलमा समयानुकूल आवश्यक संशोधनका लागि सघन अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ । स्थलगत अनुगमनका क्रममा संघका कर्मचारीहरुले कार्यक्षेत्रमा देखेभोगेका समस्या, चुनौती, बद्लिदो परिस्थिति, नीतिगत तथा कानूनी परिवर्तन आदि कुरामा सहभागीहरुबीच वृहत् छलफल भएको छ । सहकारी विभागका दुई अधिकृतको समेत सहभागितामा भएको छलफलबाट निष्केका निष्कर्षहरुलाई संश्लेषणसहित चाँडै नै अन्तिम रुप दिइने कार्यक्रम रहेको छ ।

कार्यशालामा सहभागी सहभागी नेफ्स्कूनका कर्मचारीहरुलाई उत्प्रेरणा प्रदान गर्न पुग्नुभएका संघका कोषाध्यक्ष दिपक पनेरुले सहकारी क्षेत्रमा विद्यमान चुनौतीहरुलाई चिर्दै कर्मचारीहरुले झनै मिहेनत, इमान्दारी र उत्साहका साथ कर्मक्षेत्रमा खटिनुपर्ने बताउनुभयो । उहाँले नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुलाई संस्थागत रुपमा सबल, वित्तीय रुपमा स्वस्थ्य र रणनीतिक रुपले दिगो बनाउने काममा अनुगमन अधिकृतहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । कोषाध्यक्ष पनेरुले सदस्य संस्थाहरुले नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आबद्ध भएपछि देखिने गरी विकास, वृद्धि र व्यावसायिकीकरण भएको आभाष हुने गरी काम गर्न पनि आग्रह दिनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाले प्रोवेसन कार्यक्रमसँग जोडिएको इतिहासबारे जानकारी गराउनुभएको थियो । तत्कालीन मध्यपश्चिम र पूर्वाञ्चलमा प्रोवेसन कार्यक्रम सुरु गर्दाको प्रसङ्ग सुनाउँदै उहाँले काम गर्ने सिलसिलामा कर्मचारीले सधै स्याबासी मात्र होइन कहिलेकाही गाली पनि खानुपर्ने अवस्था आइपर्ने बताउनुभयो । उहाँले कर्मचारीले भने नीति, विधि र परिधिभित्र रहेर अविचलित रही असल मनसायसहित जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । संघका कर्मचारीहरुको दक्षता, सीप र आत्मबल बढाउनकै लागि यो कार्यशाला आयोजना गरिएको उल्लेख गर्नुभयो । 

यसैगरी, संघका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले कर्मचारीहरुको काम नै संघको पहिचान भएको धारणा राख्दै नेफ्स्कूनको प्रतिष्ठालाई थप उचाइमा पु¥याउने गरी अब्बल काम गर्न आग्रह गर्नुभयो । त्यसका लागि उत्कृष्ट नीतिगत प्रबन्धहरुको उन्नयनमा संघ सधै लागि पर्ने विश्वास पनि उहाँले दिलाउनुभयो । सहायक कार्यकारी अधिकृत श्रेष्ठले स्तरीकरण कार्यक्रमको प्रभाव र पहुँच दुबै विस्तार गरी साकोस अभियानलाई मजबूत बनाउन सबैले सामूहिक भावनासहित लागि पर्नुपर्नेमा जोड दिनुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप