प्रोबेसन गण्डकी क्लष्टर प्रथमको २०औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन गण्डकी क्लष्टर प्रथमको २०औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

पोखरा । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसन गण्डकी क्लष्टर प्रथमको २०औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला पोखरामा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष भेषराज बरालले गर्नुभएको थियो । अध्यक्ष बरालले नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै सञ्चालित सहकारीमा समस्या नरहेको र सञ्चालक, व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिले इमान्दारी पुर्वक कार्य गरेमा सहकारीहरु समस्यामा नपर्ने बताउनुभयो । 

आयोजक साकोस संगम साकोसका अध्यक्ष नवराज तिवारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय पोखरा व्यवस्थापन उपसमिति सदस्य तथा संगम साकोसका संरक्षक निरज थापा, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने, सहकारीकर्मी बुद्धिमान थापा, भोविन्द्र गिरी, दुधकाशी गुरुङ, नारायण प्रसाद आचार्य  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहकारीकर्मी धनराज पुरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

नेफ्स्कून, सदस्य सेवा कार्यालय पोखराका ईन्चार्ज सूर्य प्रसाद तिमल्सिनाको उपस्थितिमा कार्यक्रम अधिकृत मनोज खड्काले सहजीकरण गर्नुभएको कार्यशालामा सहभागी संस्थाहरुको वित्तीय विवरण उपर छलफल  तथा संस्थाहरुले नेफ्स्कूनद्वारा उपलब्ध गराइएका विषयमाथि प्रस्तुति गरेका थिए । सर्वोत्कृष्ट प्रस्तुति गर्न सफल गौरीशंकर साकोस र दुध पोखरी साकोसको समुहका डम्बर सिंह बस्नेत र दुधकाशी गुरुङलाई पुरस्कृत गरिएको र आगामी २१औं कार्यशाला दुध पोखरी साकोसले आयोजना गर्ने निर्णय गर्दै कार्यक्रम समापन गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप