अकू फोरम-२०२४
नेफ्स्कून अध्यक्ष नेतृत्वको टोली बाली प्रस्थान; कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्षलाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष नेतृत्वको टोली बाली प्रस्थान; कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्षलाई

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को आयोजनामा इन्डोनेसियाको बालीमा हुने अकू फोरम २०२४ मा सहभागिताका लागि नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोली गएराती बाली प्रस्थान गरेको छ ।  

टोलीमा संघका महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा तथा बरिष्ठ अधिकृत दिनेश गौतम हुनुहुन्छ । उहाँहरुलाई संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सञ्चालक खेमराज सुवेदी तथा निमित्त प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना लगायतले गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो । यसैगरी, भ्रमण टोलीमा संघकी निवर्तमान सञ्चालक गोमा नेपालसँगै विभिन्न प्रारम्भिक संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ ।

यसैबीच, अध्यक्षको अनुपस्थितिमा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । संघका अध्यक्षले बाली भ्रमण पूर्व महासचिव घनश्याम अधिकारीको उपस्थितिमा बरिष्ठ उपाध्यक्षलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो । 

यही सेप्टेम्बर ५ देखि ७ (भदौं २० गतेदेखि २२) सम्म आयोजना हुने अकू फोरम पूर्व र समापन पछि पनि योसँग सम्बन्धित कार्यक्रमहरु राखिएका छन् । केही कार्यक्रम सम्पन्न भएका छन् भने अरु कार्यक्रम बाँकी नै रहेका छन् । 

अक्कू फोरम २०२४ सकिएसँगै सेप्टेम्बर ८ (भदौ २३ गते आइतबार) मा अकूको वार्षिक साधारण सभा आयोजना गरिएको छ । सभाले सन् २०२४ देखि सन् २०२६ सम्मका लागि महासंघको नयाँ सञ्चालक समिति निर्वाचित गर्नेछ ।

साधारण सभाले सन् २०२३ सेप्टेम्बर १७ मा काठमाडौंमा सम्पन्न ४२औं साधारण सभाको माइन्यूट स्वीकृत गर्नुका साथै अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा व्यवस्थापनको तर्फबाट प्रमुख कार्यकारी अधिकृतको प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ भने बाह्य लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ । यसैगरी, सभाले अकूको आर्थिक वर्ष २०२४÷२५ को योजना तथा बजेट पारित गर्नेछ । प्रत्येक सदस्य संघहरुले आफ्ना गतिविधि समेटिएको संक्षिप्त लिखित प्रतिवेदन (बढीमा ५ मिनेट लामो) पढेर सुनाउने कार्यक्रम छ । यस्तै, सभाले अकू सञ्चालक समितिले पारित गरेको नयाँ अफिलिएट सदस्यको अनुमोदन पनि गर्नेछ भने आगामी वर्षको अकू फोरम तथा ४४औं वार्षिक साधारण सभाको मिति र स्थानसँगै अकूको आगामी तीन वर्षको वर्किङ क्यालेन्डर पनि पास गर्नेछ । 

अकू फोरम अन्तर्गत सेप्टेम्बर २ देखि ४ (भदौं १७ गतेदेखि १९ सम्म) प्रि–फोरम आयोजना गरिएको छ जसअन्तर्गत सिईओ वर्कशप, महिला तथा युवा कार्यशाला तथा एसियन क्रेडिट युनियन एक्ज्युकेटिभ सोसाईटी (एक्युज) वर्कशप सञ्चालन हुनेछन् ।  सेप्टेम्बर २यसैगरी, सेप्टेम्बर ३ अर्थात् आज (भदौ १८ गते) तथा सेप्टेम्बर ७ (भदौं २२) मा अकू सञ्चालक समितिको क्रमशः ११२औ तथा ११३औं बैठक बस्दैछ । यस्तै, लेखा सुपरिवेक्षण समितिको बैठक सेप्टेम्बर ५ (भदौ २०) मा बस्नेछ । सेप्टेम्बर ६ (भदौं २१ गते) अकू फोरमको उद्घाटनसहित औपचारिक कार्यक्रम आयोजना हुनेछ भने भदौ २२ गते बाँकी कार्यक्रम आयोजना हुनेछ । यी दुबै दिन क्रेडिट युनियनका समसामयिक विषयमा विभिन्न प्लेनरी तथा ब्रेकआउट सत्र सञ्चालन हुनेछन् ।

अकू फोरमका सबै कार्यक्रममा गरेर १९ देशबाट ५ सय बढीको सहभागिता रहने अकूले जनाएको छ । उक्त अवसरमा सहभागीहरुले केही इन्डोनेसियाली क्रेडिट युनियनहरुको स्थलगत अवलोकनमार्फत असल अभ्यासबारे जानकारी समेत लिनेछन् । अकू फोरममा नेपालको तर्फबाट पनि महत्वपूर्ण सहभागिता रहनेछ । फोरममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी तथा कोषाध्यक्ष दिपक थापासहितको टोली सहभागी हुनेछ भने संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा प्रि फोरम तथा सिईओ वर्कशपमा सहभागी हुन केही दिनअघि नै बाली गइसक्नुभएको छ । सन् २०१४ पछि पहिलो पटक फोरम इन्डोनेसियामा आयोजना गरिएको हो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप