अकूको ४३औं वार्षिक साधारण सभा
अकूको नयाँ सञ्चालक समिति निर्वाचित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकूको नयाँ सञ्चालक समिति निर्वाचित 

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को ४३औं वार्षिक साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । इन्डोनेसियाको बालीमा आज आयोजित सभाले सन् २०२४ देखि सन् २०२६ सम्मका लागि महासंघको नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । निर्वाचन परिणाम अनुसार नेपालबाट नेफ्स्कून र श्रीलंकाको केन्द्रीय बचत संघ सानसा वैकल्पिक सदस्य चुनिएका छन् । समान मत प्राप्त गरेका दुबै केन्द्रीय संघ तथा अकूबीचको छलफल पछि नेपाल (नेफ्स्कून) पहिलो नम्बरमा पर्न सफल भएको हो ।

सभाले दक्षिण कोरिया (योनसिक किम), इन्डोनेसिया (डा. वारा साबोन डोमिनिकस), ताईवान (ली चुन फेन), थाइल्याण्ड (दानुक्रित कालाम्पाकोम) र फिलिपिन्स (सोलेड्याड भि. कावान्गिस) लाई सञ्चालक निर्वाचित गरेको हो भने नेपालबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा श्रीलंकाली केन्द्रीय बचत संघ सानसाका एडी वालिसिङ्घेलाई वैकल्पित निर्वाचित गरेको हो ।

वैकल्पिक सञ्चालक मध्येपनि पहिलो नम्बरमा पर्ने सदस्य सञ्चालक बन्ने सम्भावना प्रवल रहन्छ । अकू सञ्चालक समितिका निर्वाचितमध्ये कारणवश कुनै सञ्चालकको पद रिक्त भएमा स्वतः पहिलो नम्बरमा रहेको संघको प्रतिनिधि सञ्चालक बन्ने प्रचलन छ । यसअघि, अकूको सञ्चालकमा नेफ्स्कूनबाट पहिलो पटक चुनिनुभएका संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे पनि यसैगरी वैकल्पिक सञ्चालकमार्फत कोषाध्यक्ष बन्नुभएको थियो । विगतमा पनि नेफ्स्कूनले यस्तो वैकल्पिक सञ्चालक भएका कारण यो पटकको उपलब्धिले थप सम्भावनाहरुको ढोका खुल्ने दाबी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी गराउनुभयो । अध्यक्ष ढकालले बालीबाट भन्नुभयो, 'साझा क्षेत्रीय मञ्चमा हाम्रो उपस्थितिलाई यो सम्भावनाले थप बलियो बनाएको छ । नेपालको साकोस अभियानका विषयहरु अकूको फोरममा अब अझ प्रखर रुपमा प्रस्तुत गर्ने अवस्था सृजना भएको छ ।'

निर्वाचनबाट कोरियाली अभियन्ता किम निवर्तमान सञ्चालक समिति पनि निर्वाचित हुनुहुन्थ्यो । उहाँ अकूका निवर्तमान अध्यक्ष हुनुहुन्छ । यसैगरी, थाइ अभियन्ता कालाम्पाकोम त्यहाँको केन्द्रीय बचत संघ (एफएससीटी) का उपाध्यक्ष हुनुहुन्छ । यसअघि, अकूको निवर्तमान सञ्चालक समितिमा एफएससीटीका अध्यक्ष प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी, ताईवानी केन्द्रीय संघकी अध्यक्ष ली चुन फेन अकूको निवर्तमान द्धितिय उपाध्यक्ष हुनुहुन्थ्यो । इन्डोनेसियाका डा. वारा साबोन डोमिनिकस त्यहाँको केन्द्रीय संघ सीयूसीओका अध्यक्ष हुनुहुन्छ । उहाँ यो सञ्चालक समितिमा नयाँ निर्वाचित हुनुभएको हो । यसैगरी, फिलिपिन्सको नाट्कोकी सोलेड्याड भि. कावान्गिस पनि पहिलो पटक निर्वाचित हुनुभएको हो । यद्यपि, निवर्तमान सञ्चालक समितिको सचिवमा नाट्कोको प्रतिनिधित्व रहेको थियो । निवर्तमान सञ्चालक समितिमा रहेको भारत भने यो पटक निर्वाचित भएन । भारको पूर्णस्थित महाराष्ट्र राज्य सहकारी पतसंस्था फेडेरेशन लि.(माफ्कोक्स) का अध्यक्ष ओमप्रकाश दादाप्पा निवर्तमान सञ्चालक समितिका कोषाध्यक्ष हुनुहुन्थ्यो ।

साधारण सभाले सन् २०२३ सेप्टेम्बर १७ मा काठमाडौंमा सम्पन्न ४२औं साधारण सभाको माइन्यूट स्वीकृत गर्नुका साथै अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा व्यवस्थापनको तर्फबाट प्रमुख कार्यकारी अधिकृतको प्रतिवेदन पारित गरेको छ भने बाह्य लेखापरिक्षकको नियुक्ति पनि गरेको छ । 

यसैगरी, सभाले अकूको आर्थिक वर्ष २०२४-२५ को योजना तथा बजेट पारित गर्नुका साथै प्रत्येक सदस्य संघहरुले आफ्ना गतिविधि समेटिएको संक्षिप्त लिखित प्रतिवेदन (बढीमा ५ मिनेट लामो) पढेर सुनाएका छन् । यस्तै, सभाले अकू सञ्चालक समितिले पारित गरेको नयाँ अफिलिएट सदस्यको अनुमोदन पनि गरेको छ भने अकूको आगामी तीन वर्षको वर्किङ क्यालेन्डर पनि पास गरेको छ । 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप