रोचडेल पायोनियर्स अवार्ड पाउने डा. अवस्थी दोस्रो भारतीय, पहिलो डा. कुरियन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रोचडेल पायोनियर्स अवार्ड पाउने डा. अवस्थी दोस्रो भारतीय, पहिलो डा. कुरियन

एजेन्सी । सहकारी अभियानको सर्वोच्च सम्मान रोचडेल पायोनियर्स अवार्ड यो वर्ष इन्डियन फामर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) का प्रबन्ध निर्देशक डा. उदय शंकर (यूएस) अवस्थीलाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसी) ले प्रदान गर्ने सहकारी क्षेत्रको सबैभन्दा ठूलो यो सम्मान भारतको राजधानी नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सहकारी सम्मेलन -२०२४ को अवसरमा डा. अवस्थीलाई प्रदान गरिएको थियो । नोभेम्बर २५ मा भारत मण्डपमा आयोजित उद्घाटन समारोहमा आईसीएका अध्यक्ष एरियल ग्वार्कोले अवस्थीलाई सम्मानित गर्नुभएको थियो ।

रोचडेल पायोनियर्स अवार्ड पाउने अवस्थी दोस्रो भारतीय सहकारी अभियन्ता हुनुहुन्छ । यसअघि अमूल दुग्ध सहकारीका संस्थापक डा.भर्गिज कुरियनले सन् २००१ मा उक्त सर्वोच्च सम्मान प्राप्त गर्नुभएको थियो । आईसीएले सन् २००० मा स्थापना गरेलगत्तै पहिलो वर्षमा कुरिनलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

कुरिनलाई 'द मिल्क म्यान अफ इन्डिया' का रुपमा समेत सम्मानभाव प्रकट गरिन्छ । 'श्वेत क्रान्तिका पिता वा नायक' कुरियनले अमुलको अन्तर्राष्टिर्य छवि स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । सन् २०१५ मा उक्त सम्मान आईसीएकी पहिलो महिला अध्यक्ष बेलायती डेम पलिन ग्रीनलाई प्रदान गरिएको थियो । यसैगरी, आईसीएका पूर्व अध्यक्ष इटालीका इभानो बार्बरेनी लगायतले पनि उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ ।

सन् १९९३ को फेब्रुअरी १ बाट इफ्कोको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नुभएका अवस्थीसँग सहकारी अभियानको ५० वर्ष लामो अनुभव छ । केमिकल इन्जिनियर अवस्थीको नेतृत्व कौशलका कारण मल उत्पादनमा इफ्को विश्वको अग्रणी संस्थाका रुपमा स्थापित छ । आज इफ्कोलाई विश्व मञ्चमा परिचित गराउने कार्यमा उहाँको योगदान रहेको आईसीएले जनाएको छ ।

पुरस्कार छनौटका लागि आईसीएले एक समिति गठन गरेको थियो । इफ्कोका प्रमुख कार्यकारी अधिकृत अवस्थी सन् २०२० को सबैभन्दा प्रभावशाली भारतीयहरुको सूचीमा समेत पर्न सफल हुनुभएको थियो । सहकारी क्षेत्रबाट प्रभावशाली भारतीयको सूचीमा पर्ने अवस्थी हालसम्मको पहिलो सहकारीकर्मी समेत हुनुहुन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप