स्वस्तिक साकोसको १३औं वार्षिक उत्सव सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसको १३औं वार्षिक उत्सव सम्पन्न

रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालिक स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औं वार्षिक उत्सव मनाएको छ । चन्द्रनिगाहपुरमा रहेको हिमालयन होटलमा एक कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाएको हो । प्रमुख अतिथि रौतहट बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष विभुकुमार पोख्रेलले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए । प्रमुख अतिथि पोख्रेलले स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तीय पहुंच बाहिर रहेका नागरिकलाई सदस्य बनाई उनीहरुको आर्थिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहांले स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले सहकारीका मूल्य, मर्म र भावनालाई अंगिकार गर्दै समुदायमा आधारित र सदस्य केन्द्रीत क्रियाकलापहरु गरेको बताउनु भयो । संस्थाका अध्यक्ष नरेन्द्रबहादुर रानाले सवै सञ्चालक, कर्मचारी र सदस्यहरुको सामूहिक प्रयासबाट १५४ वटा बचत समूह, ६ वटा बाल क्लव, ४६४४ जना शेयर सदस्य, १९७० जना बालबालिका सहित २५ करोड २० लाखको कुल सम्पति जोड्न सफल भएको बताउनु भयो । उहांले अधिक समूह, अधिक महिला र अधिक बालबालिका, सदस्यहरुको औषत शेयर तथा बचत, लघु बचत संकलन तथा लघु ऋण लगानी, ग्रामीण क्षेत्रका निम्न आयस्रोत भएका व्यक्तिहरुको सहकारीमा आवद्धता स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको पहिचान भएको बताउनु भयो । अध्यक्ष रानाले सामूहिक जिम्मेवारीमा ऋण लगानी, समूह गठन तथा समूह मार्फत सदस्य परिचालन, बाल क्लव गठन तथा बाल क्लव मार्फत बालबालिका परिचालन सहकारी संस्थाको पृथक अभ्यासहरु भएको बताउनु भयो ।

कार्यक्रममा नियामक निकायको तर्फबाट सहकारी अभियानको उन्नति र प्रगतिको लागि गर्नु भएको योगदानको मूल्याङ्कन गर्दै चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख श्री शेख नसरे आलमलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट उद्यमीको रुपमा चन्द्रपुर नगरपालिका वडा नं. २ की सुन्दरीमाया जिम्बा, वडा नं. ३ की भेष कुमारी खत्री र वडा नं. ५ की मैया कुमारी कार्की सम्मानित हुनु भयो । उत्कृष्ट सदस्यको रुपमा चन्द्रपुर नगरपालिका वडा नं. ४ की पार्वती ढुंगाना, वडा नं. ६ की शान्तिमाया राई, सोही वडाकी राधादेवी कछडिया र मनियादेवी चौधरीलाई समेत सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्ता बालबालिकाको रुपमा चन्द्रपुर नगरपालिका वडा नं. २ का सुशान्तकुमार चौधरी र रिक्शन मानन्धर, वडा नं. ३ का रोचक सापकोटा र अर्पण हुमागाई, वडा नं. ४ का साइरा कार्की र प्रितम कुश्वार, वडा नं. ५ का विनु विश्वकर्मा र सृष्टि राई सम्मानित भए ।  साथै बाल सम्मेलनमा हाजिरीजवाफ  र नृत्य  प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बाल क्लवका सदस्यहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपासना स्वस्तिक बाल क्लवका सदस्यहरुबाट साकोस गानमा नृत्य प्रस्तुत गर्नुका साथै एकल र सामूहिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बाल क्लवका सदस्यहरुबाट आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. २०८१ फागुन ९ बाट १२ वर्ष पूरा गरि १३औं वर्षमा प्रवेश गरेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप