भक्तपुर जिल्ला बचत संघको अर्धबार्षिक समीक्षा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको अर्धबार्षिक समीक्षा सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरले अर्धबार्षिक समीक्षा सम्पन्न गरेको छ । केभि लन्ज, कमलविनायक, भक्तपुरमा फागुन १० गते शनिबार सम्पन्न समिक्षा बैठकको अध्यक्षता संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले गर्नुभएको थियो । सभाध्यक्ष लाखाजुले संघले वर्तमान अवस्थामा सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थालाई जारी निर्देशन तथा मापदण्डमा समुदाय केन्द्रीत सहकारी अनुकुल संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जारी अध्यादेशमा भएको व्यवस्था पालनामा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, संघको नियमित बचत र शेयर पँुजी बृद्धि गर्नुपर्ने लगायतको विषयमा बताउनुभयो ।

संघका उपाध्यक्ष हरि कृष्ण बल्लले संघले सहकारी सुशान, वित्तीय अनुशान र अभियानको समीक्षा गर्नुपर्ने बताउनुभयो । सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसी क्रियाशिल हुनुपर्ने बताउनुभयो । कोषाध्यक्ष कान्छा भक्त घजुले २०८१ पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले २०८१ पुष मसान्तसम्ममा लक्ष्यमा २०३ प्रतिशत उपलब्धी हासिल भई कुल वासलात ३ अर्ब ८१ करोड  र ३ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

संघका लेखा सुपरिवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातले संघ यस बर्ष बागमती प्रोस्कून, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबाट उत्कृट संघबाट पुरस्कृत हुन सफल भएकोमा बधाई तथा धन्यवाद दिदैं संघमा सूचना प्रवाहको छुटै कक्ष तथा जनशक्ति व्यवस्थापनको आवश्यकता औल्याउनुभयो । उहाँले प्रस्तुत कार्यक्रम प्रगति प्रतिवेदनमा व्याख्यात्मक टिप्पणी गरी प्रश्रट्याउनु भयो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघको प्राथमिक पुँजी कोष बृद्धि गर्न जगेडा कोेष र शेयर पुँजी बृद्धिमा जोड दिएको बताउनुभयो । उहाँले ७ प्रतिशत व्याजदमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाहरुले सेवाको लाभ उपभोग गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा संघले वित्तीय लगानी मार्फत वित्तको व्यवस्थापन गरेको बताउनुभयो ।

समीक्षामा संघको समिति, उपसमिति र कर्मचारी गरी ३७ जनाको उपस्थिति रहेको थियो । समीक्षाबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सुझावहरु समेत संकलन गरेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप