गोरखा । नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालयको आयोजनामा सहकारी संघ संस्थाहरुका लागि दुई दिवसिय सुरक्षित ऋण लगानी तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । वैशाख २६ र २७ गते दुई दिन गोरखामा सञ्चालित तालिममा विभिन्न १९ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट २० जनाको सहभागिता रहेको थियो ।
तालिममा सुरक्षित ऋण लगानी गर्दा अपनाउनुपर्ने नीति, प्रक्रिया र मूल्याङ्कन प्रणालीबारे जानकारी गराईएको थियो । त्यसैगरि ऋण लगानीको जोखिम न्यूनिकरणका उपायहरू, कर्मचारीहरुले कार्यालयीय कामका दौरानमा गर्नुपर्ने लेखा प्रणाली, वित्तीय व्यवस्थापन, ऋण व्यवस्थापन र सेवाग्राहीसँग व्यवहार गर्ने सीप तथा कौशलबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिम समापनका अवसरमा नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य रामबावु श्रेष्ठले तालिमका सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै तालिमबाट सिकोको ज्ञान सीप साकोसमा लागु गर्न अनुरोध गर्नुभएको थियो । धेरै बचत तथा ऋण सहकारी संस्थाले आवश्यक प्रक्रिया पुरा नगरि ऋण लगानी गरेको हुँदा आज सोही ऋण जोखिममा परेको प्रसस्त उदाहरणहरु रहेको बताउनुभयो । सहभागिको तर्फबाट रबिन खड्काले मन्तब्य राख्नुभएको थियो । उहाँले तालिम अत्यन्त प्रभावकारी रहेको र तालिम बाट सिकेको विषयहरु संस्थामा कार्यान्वयन गरिने बचतबद्धता व्यक्त गर्नुभएको थियो ।
तालिमको सहजिकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लमजुङ सदस्य सेवा कार्यालयका प्रमुख सन्देश घिमिरेले गर्नुभएको थियो ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
२० दिन अगाडि
३७ दिन अगाडि
२६ दिन अगाडि
२९ दिन अगाडि
२९ दिन अगाडि
२७ दिन अगाडि
२९ दिन अगाडि
१० दिन अगाडि
५९ दिन अगाडि