जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स अन्तर्गत मकवानपुर प्रथम समुहबीच असल सिकाई आदानप्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स अन्तर्गत मकवानपुर प्रथम समुहबीच असल सिकाई आदानप्रदान 

मकवानपुर । हेटौँडा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेफ्सकून र जिल्ला बचत संघ मकवानपुरको प्राबिधिक सहयोगमा कर्ब्स कार्यक्रम अन्तर्गत मकवानपुर प्रथम समूहको १० औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला असार १८ गते शनिवार सम्पन्न भएको छ । 

कार्यक्रमको सभाध्यक्षता हेटौडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथ्यता जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव  बिरेन्द्र ढुंगानाले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय उपसमिति सदस्य तथा साइराम साकोसका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, जिल्ला बचत संघका प्रतिनिधि सुनिल भ्लोन, लेखा समिति संयोजक सुवोध रिमाल तथा ७ नं वडाको जनप्रतिनिधि शन्तुमाया पाख्रिन लगायत मकवानपुर कर्ब्स प्रथम समुहमा आबद्ध ९ साकोसका प्रतिनिधिहरु, आयोजक साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारीहरु गरी ४० जना सहभागी हुनुहुन्थ्यो ।  

सहभागी साकोस प्रतिनिधिहरुले संस्थाको वित्तीय अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो । कार्यक्रममा सहकारीको विभिन्न वित्तीय सुचकहरुमाथि विश्लेषण सहितको समीक्षा तथा सुझाव र आगामि ११ औ कार्यशाला श्री मञ्जुश्री साकोसले सञ्चालन गर्ने निर्णय गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप