साहारा साकोसको आयोजनामा प्रोबेशन गौरीशंकर समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साहारा साकोसको आयोजनामा प्रोबेशन गौरीशंकर समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

रामेछाप । प्रोबेशन कार्यक्रममा आवद्ध साकोसहरुको सिकाई आदान प्रदान गर्ने कार्यक्रम गौरीशंकर क्लस्टरको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला साहारा साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा भाद्र २३ गते सम्पन्न भएको छ ।

रामेछाप जिल्लाको मन्थलीमा आयोजित कार्यक्रम साहारा साकोसका अध्यक्ष शिवराम श्रेष्ठको अध्यक्षता, वागमती प्रोस्कूनका सञ्चालक एवम रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालको प्रमुख आतिथ्यता र कोषध्यक्ष कुल बहादुर कार्कीको आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जगन्नाथ दाहालले सहकारीहरुले सदस्यसँग मात्रै कारोबार सञ्चालन गर्ने भएको कारण अन्य वैंक वित्तीय संस्था भन्दा बढी र सहज रुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिंदै सदस्यमैत्री साकोस निर्माणमा जोड दिन आग्रह गर्नुभयो । साथै आजको दिनमा सहकारीमा देखिएको समस्या सहकारीको नाममा व्यक्तिगत फाइदा लिनेगरी काम गर्ने केहि वेइमान सञ्चालक र व्यवस्थापनको कारण रहेको बताउनु भयो । सञ्चालक समिति र व्यवस्थापनले वास्तविक सहकारीको मर्म र भावनालाई अत्मासाथ सरी स्वनियमन र सुशासनमा सहकारी सञ्चालन गर्दै सदस्यहरुलाई सहकारी र सहकारीताको बारेमा वुझाई सहकारी संस्था हाम्रो हो भन्ने भावनाको विकास गर्न सकेमा सहकारीमा कहिल्यै समस्या नआउने बताउनुभयो । साकोसहरुलाई नीति, विधि र प्रविधि मैत्री बनाउँदै व्यवसायिक साकोस निर्माणमा साकोसहरुको राष्ट्रिय स्तरको मान्यता प्राप्त  प्रोवेशन कार्यक्रम एक कोशेढुङ्गा सावित भएको कारण यसलाई निरन्तरता दिई नेफ्स्कूनवाट प्राप्त भएका सल्लाह सुझावलाई अत्मासाथ गर्दै प्रोबेशनको कार्यक्रममा आवद्ध भई व्राण्ड प्राप्त गर्नेगरी काम गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शिवराज श्रेष्ठले सक्रिय सहभागिताको लागि सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यस आर्थिक वर्ष भित्र प्रोवेशन ब्राण्ड प्राप्त गर्न सम्पूर्ण साकोस तन, मन र वचनले लागि पर्नको लागि अनुरोध गर्नुभयो ।

गौरीशंकर क्लस्टरका सम्पूर्ण संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य आयोजक साकोसका कोषाध्यक्ष चुक्ता मगरले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक सदस्य तिलक वहादुर कार्कीले गर्नुभएको थियो भने व्यवस्थापन आयोजक साकोसका व्यवस्थापक किरण सागर घिसिङले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय ईन्चार्ज सूर्य बहादुर थापाको समेत उपस्थिति थियो ।   

प्रोबेशन गौरीशंकर समुहमा सहभागी साकोसहरुमा आयोजक साकोस साहारा, जनहितकोष साकोस, बेताली साकोस र दोलखाका आकाशदीप साकोस, अर्थभूमि साकोस, जनजागरण साकोस र जनउपकार साकोस रहेका छन् ।  

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१७ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१७ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप