साहारा साकोसको आयोजनामा प्रोबेशन गौरीशंकर समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साहारा साकोसको आयोजनामा प्रोबेशन गौरीशंकर समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

रामेछाप । प्रोबेशन कार्यक्रममा आवद्ध साकोसहरुको सिकाई आदान प्रदान गर्ने कार्यक्रम गौरीशंकर क्लस्टरको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला साहारा साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा भाद्र २३ गते सम्पन्न भएको छ ।

रामेछाप जिल्लाको मन्थलीमा आयोजित कार्यक्रम साहारा साकोसका अध्यक्ष शिवराम श्रेष्ठको अध्यक्षता, वागमती प्रोस्कूनका सञ्चालक एवम रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालको प्रमुख आतिथ्यता र कोषध्यक्ष कुल बहादुर कार्कीको आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जगन्नाथ दाहालले सहकारीहरुले सदस्यसँग मात्रै कारोबार सञ्चालन गर्ने भएको कारण अन्य वैंक वित्तीय संस्था भन्दा बढी र सहज रुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिंदै सदस्यमैत्री साकोस निर्माणमा जोड दिन आग्रह गर्नुभयो । साथै आजको दिनमा सहकारीमा देखिएको समस्या सहकारीको नाममा व्यक्तिगत फाइदा लिनेगरी काम गर्ने केहि वेइमान सञ्चालक र व्यवस्थापनको कारण रहेको बताउनु भयो । सञ्चालक समिति र व्यवस्थापनले वास्तविक सहकारीको मर्म र भावनालाई अत्मासाथ सरी स्वनियमन र सुशासनमा सहकारी सञ्चालन गर्दै सदस्यहरुलाई सहकारी र सहकारीताको बारेमा वुझाई सहकारी संस्था हाम्रो हो भन्ने भावनाको विकास गर्न सकेमा सहकारीमा कहिल्यै समस्या नआउने बताउनुभयो । साकोसहरुलाई नीति, विधि र प्रविधि मैत्री बनाउँदै व्यवसायिक साकोस निर्माणमा साकोसहरुको राष्ट्रिय स्तरको मान्यता प्राप्त  प्रोवेशन कार्यक्रम एक कोशेढुङ्गा सावित भएको कारण यसलाई निरन्तरता दिई नेफ्स्कूनवाट प्राप्त भएका सल्लाह सुझावलाई अत्मासाथ गर्दै प्रोबेशनको कार्यक्रममा आवद्ध भई व्राण्ड प्राप्त गर्नेगरी काम गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शिवराज श्रेष्ठले सक्रिय सहभागिताको लागि सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यस आर्थिक वर्ष भित्र प्रोवेशन ब्राण्ड प्राप्त गर्न सम्पूर्ण साकोस तन, मन र वचनले लागि पर्नको लागि अनुरोध गर्नुभयो ।

गौरीशंकर क्लस्टरका सम्पूर्ण संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य आयोजक साकोसका कोषाध्यक्ष चुक्ता मगरले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक सदस्य तिलक वहादुर कार्कीले गर्नुभएको थियो भने व्यवस्थापन आयोजक साकोसका व्यवस्थापक किरण सागर घिसिङले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय ईन्चार्ज सूर्य बहादुर थापाको समेत उपस्थिति थियो ।   

प्रोबेशन गौरीशंकर समुहमा सहभागी साकोसहरुमा आयोजक साकोस साहारा, जनहितकोष साकोस, बेताली साकोस र दोलखाका आकाशदीप साकोस, अर्थभूमि साकोस, जनजागरण साकोस र जनउपकार साकोस रहेका छन् ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप