जुन उत्सुकताका साथ सहभागी भएँ, त्यो मेट्न तालिम सफल भयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जुन उत्सुकताका साथ सहभागी भएँ, त्यो मेट्न तालिम सफल भयो

उमापति भट्टराई
व्यवसाय विभाग प्रमुख
मध्य नेपाल साकोस, नवलपुर

म नवलपरासी (ब.सु.पू) प्रगतिनगर, देवचुली १४ मुख्य कार्यालय रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय विभाग प्रमुख भएका कारण व्यवसाय विकाससँग सम्बन्धित तालिम भएकाले संस्थाले मलाई सहभागी हुने अवसर प्रदान गर्यो । इमेलमा प्राप्त सूचनालाई सञ्चालक समितिको बैठकमा पेश गरेपछि बैठक मार्फत तालिममा जाने कुरा अवगत भयो । यो खुसीको अवसर थियो । 

संस्थाका सेयर सदस्यहरुलाई आयमूलक काममा जोड्न, संस्थागत व्यवसाय विकासका लागि सहयोगी बन्ने र प्रशिक्षक प्रशिक्षण तालिम भएका कारण विभागीय प्रमुखको क्षमता विकासका लागि समेत सहयोग पुग्ने हुदाँ सहभागी हुन पाउनु आफैमा महत्वपूर्ण कुरा थियो । म पनि तालिमका लागि उत्साहित भएँ ।  

नेफ्स्कूनबाट सहभागी हुन लागेको पहिलो तालिम नभएपनि  प्रशिक्षक प्रशिक्षण (टट) भने पहिलो अनुभव बन्दै थियो । आफ्ना लागि कुनै राम्रो अनुभव पहिलो बन्नु साँच्चिनै सुखद हुन्छ । त्यसकारण पनि मरो अनुहारको आभा बेग्लै थियो । यसअघि नेफ्स्कूनले आयोजना गरेको ४ वटा तालिममा सक्रिय सहभागी भई ज्ञान, सीप र धारणालाई सकेसम्म फराकिलो बनाइसकेको थिए ।

तर, सिक्ने, बुझ्ने र जान्ने विषयहरुको अन्त्य कहाँ हुन्छ र ? सिकाइको स्याचुरेशन पोइन्ट कहाँ हुन्छ र ? त्यसैले नयाँ विषय जान्ने बुझ्ने मौका आफैमा सुखद थियो नै । अवश्य पनि केही  नयाँ विषयबस्तु सिकेर आफ्नो क्षमता वृद्धि गरी संस्थामा योगदान गर्ने सिलसिलामा फरकपन दिलाउन सक्नुपर्छ भन्ने मनमा उत्साह जागेको थियो ।

तालिमका लागि काठमाडौं जाने तयारी सामान्य नै भयो । अपेक्षाको सन्दर्भमा सूचनामा तोकिएका सबै प्रशिक्षकहरुको ५ दिन नै भरपुर समय उपलब्ध हुने र सिकाइ निकै नै प्रभावकारी रहनेछ भन्ने थियो । यस्तै कुराहरु गम्दै काठमाडौं लागेँ । यात्रामा खासै समस्या रहेन, दुरीका हिसाबले केही टाढा भएका कारण शारिरिक थकान त हुने नै भयो । समग्रमा यात्रा निकै रमाइलो र अविष्मरणीय भयो ।

नगरकोटको बसाइ निकै ब्यवस्थित थियो, समग्रमा जुन उत्सुकता बोकेर तालिममा सहभागी भएको थिएँ, त्यो उत्सुकता मेट्न सफल भयो । सिकाइ प्रभावकारी भयो । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउन सके लाभदायक रहने गरी सिकिएको छ ।

प्रशिक्षकहरुको यस क्षेत्रको लामो समयको अनुभवले होला, सहभागीहरु के चाहन्छन् भन्ने बारे सहजै अनुमान गरी सोही अनुरुपको तालिम बातावरण सृजना गरिएको थियो । तालिम निकै सरल र सहज तरिकाले प्रभावकारी प्रस्तुतिसहित सम्पन्न भयो । नयाँ साथीहरुसँग सम्बन्ध पनि जोडियो । ५ दिनको सँगै बसाइले सम्बन्ध बाक्लियो पनि ।

तालिमबाट फर्किएपछि सिकेका व्यावसायिक परिचय, ज्ञान, छनौट, उद्यमशीलता, प्रभावकारी प्रस्तुतीकरणका लागि पाठ योजना लगायतका हरेक विषयसँगै घरबाट निस्के लगत्तैको तालिम सकेर घरसम्म आइपुग्दासम्मको यात्रा, ब्यवस्थित बसाइको सन्दर्भमा चर्चा, नेफ्स्कूनको कुशल ब्यवस्थापनको सिकाइ लगायतका विषय समेटेर छोटो प्रतिवेदन तयार गरी प्रस्तुतीकरण गरेर सञ्चालक र उच्च ब्यवस्थापनलाई अनुभव सेयर गरेँ । 

तालिमले सर्वप्रथम त व्यक्तिगत सीप र क्षमता विकास गर्न उर्जा प्रदान भएको छ, सो उर्जाको विषयगत रुपमा भरपुर प्रयोग गरी हरेक सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा लागू गरी सेयर सदस्यहरुलाई उद्यमी बनाउन, व्यवसायी सदस्यलाई सफल बनाउन, कर्मचारी साथीहरुलाई सामान्य प्रकृतिका वित्तीय साक्षरता कार्यक्रम सहजीकरण गर्न सक्ने बनाउने प्रशिक्षणका लागि म आतुर र उत्साहित छु । उत्साहित छु । सिकाइबाट धेरै थोर व्यक्तिगत र संस्थागत हित हुनेछ भन्नेमा पूर्ण आशावादी छु ।

तालिम निकै ब्यवस्थित तरिकाले सम्पन्न गरी प्रशिक्षार्थीहरुबाट यसरी जिज्ञासा समेट्ने प्रयास गर्नुभएकोमा नेफ्स्कून परिवारलाई मेरो ब्यक्तिगत र मेरो कर्मथलो मध्य नेपाल साकोसको तर्फबाट कृतज्ञता समेत व्यक्त गर्न चाहन्छु । आगामी दिनमा समेत अभिभावक संघको साथ, सहयोग र समन्वयको अपेक्षा सहित हार्दिक धन्यवाद ।

(नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को आयोजनामा २०८० साल फागुन ११ गते बाट १५ गते सम्म भक्तपुर जिल्लाको नगरकोटमा सञ्चालित ५ दिने Training of Trainers on Business Development Services (ToT on BDS) तालिममा सहभागी भट्टराईको अनुभव)

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप