विश्वको २९ प्रतिशत जनसंख्या मात्रै पूर्ण सामाजिक सुरक्षा योजनामा समावेश  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्वको २९ प्रतिशत जनसंख्या मात्रै पूर्ण सामाजिक सुरक्षा योजनामा समावेश  

सामाजिक सुरक्षा योजनाले मानव अधिकार र व्यक्तिगत स्वतन्त्रता उल्लंघन नगरी मुलुकले आफ्ना नागरिकलाई सुरक्षा दिने प्रणालीलाई बुझाउँदछ । सामाजिक सुरक्षाको कुरा गर्दा युरोपेली मुलुकहरु र त्यसमा पनि स्क्यान्डिनेभियन तथा नर्डिक मुलुकहरुको चर्चा गर्छौ वा ती बारे पढ्छौ र सुन्छौं किनकि यी मुलुकहरु विश्वमै उत्कृष्ट मानिन्छन् ।  सन् १८८० को दशकबाट सामाजिक सुरक्षाका विषयमा युरोपेली मुलुकहरु जर्मनी, नेदरल्याण्ड्स आदिमा छलफल प्रारम्भ भए पनि १९ औं शताब्दीको अन्त्यतिर युरोपबाट अनिवार्य बिमामाफर्त सामाजिक सुरक्षाको योजना लागू भएको थियो । नर्डिक मुलुक स्वीडेनमा सन् १९३२ बाट सामाजिक सुरक्षा योजनाका बिषयमा प्रभावकारी कामहरु सुरु भएका हुन् । अमेरिकामा पूर्व राष्ट्रपति फ्रयाङ्कलिन डि रुजभेल्टले सामाजिक सुरक्षा ऐन सन् १९३५ अगष्टमा हस्ताक्षर गरेपछि लागू भएको थियो । २० औं शताब्दीमा भने यसले अन्यत्र पनि व्यापकता पाउँदै गएको हो ।  

बलियो सामाजिक सुरक्षा नीतिले सहज र निर्धक्क जीवनयापनकको बाटो तय गर्दछ । यो नीतिले भोलिका सम्भावित दुर्घटना, संकट, भवितव्य वा स्वास्थ्य समस्याका बेलामा आर्थिक र सामाजिक सुनिश्चितता गर्दछ । कल्याणकारी लोकतन्त्रका लागि परिचित स्वीडेनको सामाजिक सुरक्षा योजना पनि अब्बल मानिन्छ । त्यहाँ शिशु सुरक्षा भत्ता, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी, अनिवार्य सामाजिक बिमा, बेरोजगारहरुको सुरक्षा, अशक्त, वृद्धहरुको सुरक्षाको विषय सामाजिक सुरक्षा भित्र अटाएको छ ।

विश्व सामाजिक सुरक्षा प्रतिवेदन

सामाजिक सुरक्षा वा सामाजिक संरक्षणको विषयलाई संयुक्त राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतले आधारभूत मानव अधिकारको विषय मानेका छन् । राष्ट्र संघको मानव अधिकारसम्बन्धी घोषणा पत्रमा राज्यले आफ्ना नागरिकहरुलाई शिक्षा, स्वास्थ्य, र सामाजिक सुरक्षाजस्ता आधारभूत सेवा दिनुपर्ने उल्लेख छ । आइएलओ कन्भेन्सनमा सामाजिक सुरक्षाको विषयलाई स्पष्ट व्याख्या समेत गरिएको छ । यद्यपि, विश्व जनसंख्याको आधाभन्दा कम हिस्सामात्रै यो सुविधा उपभोग गर्न सक्षम छ । आइएलओले सन् २०१७–२०१९ समेटेर सार्वजनिक गरेको World Social Protection Report (2017-2019) विश्व सामाजिक सुरक्षा प्रतिवेदन अनुसार हाल करिब ४५ प्रतिशत विश्व जनसंख्या मात्रै कम्तिमा एउटा सामाजिक सुरक्षा योजनामा समावेश छ । यसको सोझो अर्थ ५५ प्रतिशत विश्व जनसंख्या हरतवरले असुरक्षित छ । अझ महत्वपूर्ण कुरा के छ भने विश्वको जम्मा २९ प्रतिशत जनसंख्या मात्रै पूर्णरुपमा सामाजिक सुरक्षाका योजनामा समाहित छ । ७१ प्रतिशत जनसंख्या आंशिक रुपमा मात्र सामाजिक सुरक्षाका योजनासँग जोडिएका छन् । त्यस्तै, विश्वका ३५ प्रतिशत बालबालिका मात्र सामाजिक सुरक्षा योजनामा आबद्ध छन् भने ४१. १ प्रतिशत सुत्केरी महिलाहरुले मात्र मातृसुरक्षा योजनाबाट लाभ पाएका छन् । बेरोजगारहरुका सम्बन्धमा विश्वका २१.८ प्रतिशतहरुले मात्र बेरोजगार सुविधा  प्राप्त गरेका छन् भने २७.८ प्रतिशत अशक्तहरुले मात्र सामाजिक सुरक्षा योजनाबाट लाभ लिएका छन् । आइएलओ प्रतिवेदनले खासगरी अफ्रिका, एसिया र अरबेली मुलुकहरु सामाजिक सुरक्षा योजनाबाट धेरै बिमुख भएको देखाएको छ । 

दिगो बिकासको लक्ष्य (एसडीजी) र सामाजिक सुरक्षा योजना 

सामाजिक सुरक्षा प्रत्याभूतिको विषय दिगो विकाससँग प्रत्यक्ष सरोकार राख्दछ । एडडीजीका १७ वटा लक्ष्यहरुसँग यसको सम्बन्ध छ । गरिबी निवारण वा यसको अन्त्य, भोकमरीको अन्त्य, खाद्य सुरक्षा तथा उन्नत पोषण उपलब्ध गर्ने र दिगो कृषि प्रवर्धन, सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ्य जीवन सुनिश्चिित गर्दै समृद्ध जीवन प्रवर्धन गर्न, समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवर्धन गर्न, लैङगिक समानता हासिल गर्ने र बालबालिकालाई सशक्त बनाउने, सबैका लागि स्वच्छ खानेपानी तथा सरसफाइको उपलब्धता सुनिश्चित गर्न लगायत दिगो विकासका सबै लक्ष्यमा यसको सोझो सम्बन्ध जच्दछ । यसैगरी यो विषय सामाजिक न्याय, समतामूलक समाज, लोककल्याणकारी अवधारणाको समाज निर्माण जस्ता न्यूनतम आवश्यकताहरुसँग अन्योन्याश्रित रुपमा जोडिन्छ । सामाजिक सुरक्षा योजनाबाट बिमुख हुँदा गरिबी, असमानता, बालबालिका, महिला, अशक्त तथा सामाजिक रुपमा पिछडिएका समुदायहरुमा विभेद र विभाजनका रेखाहरु स्पष्ट हुँदै जान्छन् जसले दिगो विकासको गन्तव्य झनै सुदूर पार्दछ । त्यही भएर राष्ट्रिय विकासका रणनीतिहरुमा यो विषयले प्रधानता पाउनुपर्ने जोड संयुक्त राष्ट्र संघको छ ।

सामाजिक सुरक्षाले रोजगारीमा संलग्न श्रमिकका साथै उसका सन्तान र परिवारका सदस्यहरुलाई प्राप्त हुने लाभको कुरा गर्दछ । सामाजिक सुरक्षाले मुख्यतया वृद्धावस्था, स्वास्थ्य समस्या, अशक्ततासँगै  बेरोजगारी, कामका सिलसिलामा हुने दुर्घटना, प्रसुति तथा आम्दानी गर्ने मुख्य व्यक्ति गुमाएको अवस्थामा आश्रितहरुलाई उपलब्ध हुने योगदानमा आधारित सुरक्षा प्रत्याभूतिलाई समेट्दछ । 

नेपालमा भने सामाजिक सुरक्षा व्यवस्थापन कोष तथा सञ्चालन नियमावली २०६७ अन्तर्गत २०६७ साल चैत ७ गते सामाजिक सुरक्षा कोष गठन भएको हो । सो कोष अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ जारी भएपछि सो ऐन बमोजिक सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ । सरकारले २०७६ साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको हो । जसअन्तर्गत औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने काम गर्दै आएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप