सहकारीमा तरलता चाप: जनबोली
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा तरलता चाप: जनबोली

तरलता चाप विस्तारै कम हुँदै जानेछ

पुुरुषोत्तम ढकाल
 कर्ब्स कार्यक्रम अधिकृत 
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

विश्वव्यापी फैलिएको कोभिड १९ महामारीका कारण नेपालमा पनि २०७६ चैत्र देखि हालसम्म यसको प्रभाव कायमै छ । यसको प्रत्यक्ष असर पुँजी बजार, अर्थतन्त्र, उद्योग, व्यापार, बैक तथा वित्तीय क्षेत्र साथै सहकारीमा परेको छ । 
कोभिड प्रभावका कारण सहकारीमा आवद्ध सम्पूर्ण सदस्य, कर्मचारी प्रत्यक्ष मारमा परेका छन् भने अर्कोतर्फ राजनितिक परिर्वतन, सरकारको पुँजीगत खर्चमा कमी, विप्रेषणमा गिरावट, आयातमा वृद्धि जस्ता कारणले तरल पुँजी (लगानी योग्य रकम) अभाव कायम छ । कोभिडका कारण सहकारीका ऋणी सदस्यहरुको उद्योग व्यवसाय ठप्प भएका छन्, धेरैको रोजगारी गुमेको छ, कतिपय सदस्यहरुलाई लगानी छोडेर हिड्नुपर्ने अवस्था आइपरेको छ ।  

सदस्यले सहकारीमा जम्मा गरेको ससानो बचत भिक्नु पर्ने अवस्था हुुनुु साथै बैक तथा वित्तीय संस्थाले मुुद्दतीमा चर्को व्याजदर कायम गरिदिँदा दुुई/चार प्रतिशत नाफाको लोभमा सहकारीको बचत फिर्ता दर बृद्धिहुुनु जस्ता कारणले पनि सहकारी क्षेत्रमा पछिल्लो समय तरलता चाप कायम छ । बैकले समयमा सहकारीको बचत फिर्ता नदिँदा सहकारीमा समस्या भयो । यो अवस्थामा कतिपय सहकारीले बचत फिर्ता गर्न नसक्ने, कोभिड प्रभावले ऋण, व्याज असुुलीमा असर, भाखा नाघेको दर बढी हुुनु सहकारीका लागि चुुनौती बन्यो । 

आशा गरौं समयक्रमसँगै विद्यमान संकट विस्तारै कम हुँदै जानेछन्, सहकारी सञ्चालनमा सहजता आउनेछ, राजनीतिक परिवेशले सकारात्मक मोड लिनेछ र सहकारी क्षेत्रमा पनि सकारात्मक उर्जाको विकास हुनेछ । 

‘निक्षेप र कर्जा बीच सन्तुलन आवश्यक ’

कोपिला बजगाई
           व्यवस्थापक, बचत तथा ऋण सहकारी संघ लि.झापा

कोभिडका कारण सहकारी क्षेत्रले पनि थुप्रै चुनौती सामना गर्नुपर्यो । तरलताको अभाव सिर्जना हुनु, समस्या लामो समय रहनु, निक्षेप जम्मा र कर्जा लागानीको अनुपातमा धेरै फरक पर्न गई सन्तुलनमा आउन नसक्नु, कर्जामा अस्वस्थ प्रतिस्पर्धा हुनु र दुई बर्ष यता निक्षेप बृद्धि ज्यादै न्यून हुनुले पनि सहकारीमा चुनौति सृजना भएको पाइन्छ ।

विप्रेषण आप्रवाहमा कमी, उद्योग कलकारखाना सञ्चालन प्रभावित हुँदा उत्पादनमा गिरावट, रोगजगारीमा समस्या, बस्तु निर्यातमा कमी, उच्च आयातका कारण अर्थतन्त्र दिनानुदिन संकटग्रस्त बन्दै गएको छ । यीसँगै कोभिड महामारीका कारण कारोबारमा कमी, कर्जा लगानीमा अस्थिर ब्याजदर र ब्याजदरको प्रभाव, समयमा कर्जा लगानीको ब्याज असुली नहुनु, व्यापार व्यवसाय अगाडि बढ्न नसक्नु, खराब कर्जा बढ्ने उच्च सम्भावना, कोरोना रोकथाममा खर्च बृद्धि, कारोबार सुचारु राख्दा संक्रमण जोखिम, कोभिडको पहिलो, दोस्रो र तेस्रो लहरबाट लगातार प्रभाव पर्नु, ऋणको आकारमा बृद्धि हुनु, जस्ता समस्या थपिए जसले तरलता संकुचनमा सहयोग गरे ।  

बैंक वित्तीय क्षेत्रको पहुँचबाट बाहिर रहेका गरिब र तल्लो बर्गका नागरिकहरुका लागि भने सहकारीमार्फत वित्तीय उपलब्धता सहज भए पनि कोभिडका कारण सेवा प्रभावित हुँदा ससानो बचतको भरमा संकट टार्नुपर्ने समुदायहरु मारमा परेका छन् । ससाना उद्यम व्यवसायहरु पनि कोभिडका कारण प्रभावित हुँदा व्यवसायमा गिरावट आएको छ भने कर्जा चुक्ता गर्न समस्या उब्जिएको छ ।  चालु आर्थिक वर्षको सुरुवात सँगै कोभिड १९ को जोखिम कम देखिएसँगै संकुचनमा रहेको अर्थतन्त्रमा ह्वात्तै सुधारको अवस्था सृजना भयो । बैंक वित्तीय क्षेत्रमा निक्षेप र कर्जा बीचको असन्तुलन बढेर गयो, जसका कारण पनि  बैंक वित्तीय क्षेत्रले बढ्दो कर्जा मागलाई सन्तुलित बनाउन नसक्दा चालु वर्षको मध्यावधि नहुँदै तरलता अभाव चुलिनपुग्यो । 

सहकारी क्षेत्रलाई सशक्त ढंगले अगाडि बढाउन राज्यको गहन नीति आवश्यक छ । यससँगै बैंक वित्तीय क्षेत्र र सहकारीमा समय समयमा देखा पर्ने वित्तीय अस्वस्थतालाई कम गर्दै सुशासित र व्यवस्थित अर्थतन्त्र निर्माणमा राज्यको ध्यान जानु आवश्यक छ । 

‘समयसापेक्ष योजना चाहिन्छ ’

 टेकराज लेखक
 कार्यकारी प्रमुख
 जीवनज्योती साकोस बैतडी

संस्थाले संकलन गरेका विविध शिर्षक अन्तर्गतका दायित्वहरु सेवाग्राहीको माग बमोजिम भुक्तान दिन सक्ने क्षमता राख्नुपर्ने हुन्छ त्यसका लागि संस्थाले नगद, बैंकमा रहेको रकम र फिर्ता झिक्न मिल्ने गरी अन्य वित्तीय संस्थामा राखेको निक्षेपलाई प्रयोग गर्न सक्छ । सामान्य अवस्थामा तरलताको अभाव नहोस् भन्नका लागि संस्थाले विविध वित्तीय ब्यवस्थाहरु गरेको हुन्छ जसका लागि संस्थाले कम्तिमा पनि कूल रकमको १५ देखी २५ प्रतिशत सम्म तरलताका लागि छुट्याउनुपर्ने हुन्छ । सामान्य अवस्थामा तरलताको अभाव नहुन सक्छ तर बजारको अवस्था संस्थाले गरेको लगानी, स्थिर सम्पत्ति खरिद तथा संस्थाको नकारात्मक सामाजिक आर्थिक वातावरणले तरलता अभाव हुन सक्छ भने संस्थाको साख समुदायमा सदस्यहरुको आर्थिक आर्जनमा बृद्धि जस्ता पक्षले तरलतामा बृद्धि गर्दछ । यसरी हेर्दा तरलताको अभाव तथा बढी रकम संकलनबाट पर्ने प्रभाव दुबै पक्ष संस्थाका लागि हानिकारक हुन सक्छन् । त्यसका लागि निम्नानुसारका उपायहरु अपनाउनु उत्तम हुनेछ ।

तरलता अभावको समयमा

१) ऋण लगानी तथा बचत फिर्ता को सीमा निर्धारण गरेर
२) बैंकहरुमा जम्मा गरिएको बचत ब्यवस्थापन गरेर
३) ऋण असूलीका लागि विशेष कार्यक्रम सञ्चालन तथा ब्याजदरमा पुनर्विचार गरेर
४) सेयर बृद्धिको कार्यक्रम सञ्चालन गरेर 

तरलता बढी भई समस्या भएको अवस्थामा

१) बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर आंकलन गरी विशेष बचत तथा आवधिक बचत खाताखोली रकमको ब्यवस्थापन गर्ने 
२) ऋण लगानीका प्रकार तथा सीमामा पुर्नरविचार गरी नयाँं लगानीका क्षेत्रहरु पहिचान गर्ने
यसरी वर्तमान परिवेशको मूल्यांकन गर्दा विश्वमा फैलिरहेको कोभिड १९ का कारणले बैंकहरुले माहामारीको कारण देखाई ऋण लगानीमा कटौती गरेका छन् भने सरकारी पक्षले माहामारी नियन्त्रण गर्न गरिएको विभिन्न रोकावटका कारणले खुम्चिएको आर्थिक मन्दीका कारणले सहकारी संस्थामा तरलता अभाव भएको देखिन्छ ।

 यसका साथै कोभिडले निम्नानुसारका प्रभावहरु ल्याएको देखिन्छ ।

१) समाजमा रोजगारीको कमी, दैनिक उपभोग्य वस्तुको खपत बढीका कारणले सदस्यको बचत गर्ने क्षमतामा कमी र खर्च बढीका कारणले बचत झिक्नेको संख्यात्मक बृद्धि जसका कारणले तरलता अभाव 
२) स्वास्थ्य जोखिमका कारणले उपचार खर्चमा बृद्धि हुँदा पनि तरलता अभाव हुनसक्छ
३) ब्यापार ब्यवसायमा देखिएको मन्दीका कारणले समयमा बचत तथा ऋण जम्मा गर्न नसकेर पनि सदस्यको आर्थिक भार बढ्नगई संस्थामा जोखिम आउनसक्छ ।
सहकारी संस्थाहरु एक निश्चित समुदायमा सञ्चालन गरिने भएकाले ब्यक्तिको दैनिक जिवनसंग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् र  तिनको गाह्रो अप्ठेरोले संस्थाको बृद्धि विकासमा प्रत्यक्ष असर पार्ने भएकाले हालको कोभिड १९ वा भविष्यमा देखिन सक्ने कुनैपनि माहामारीले सहकारीको प्रगतिमा बाधा पुर्याउने निश्चित छ त्यसका लागि संस्थाहरुले सदस्यमा आईपरेको समस्या समाधानका लागि ठोस कार्यक्रमका साथ सदस्यमाझ जानुपर्ने देखिन्छ जसले यो संस्था भएर नै मैले केहीगर्न सके भनेर सदस्यले गर्वसाथ भन्न सकुन ।

अन्तमा सहकारी संस्था समुदायका लागि हुने र समुदायको प्रगतिको आधार सहकारी संस्था हुने र यी दुवैको प्रगतिमा समुदायमा घटने विविध घटना तथा माहामारीहरुले प्रभाव पार्ने भएकाले तीनको समाधानका लागि तत्कालिन समय सापेक्ष योजनाका साथ अगाडि बढ्नुपर्ने प्रत्येक सहकारीको लक्ष्य हुनु पर्दछ । 

‘सहकारीको पैसा सहकारीमै’ 

खगेन्द्र प्रसाद अधिकारी 
लेखापाल, बचत तथा ऋण सहकारी संघ लि. सुनसरी

सहकारीमा तरलता चाप कायमै छ । हामीले कारोबारमा कसिकसाउनै गर्नुपरेको छ । मुलुकमा देखिएको तरलता (लगानीयोग्य रकम) अभावले बैंक वित्तीय क्षेत्र, सहकारी सबैनै प्रभावित बनेको छ । सहकारीको पैसा सहकारीमै नरहनु पनि तरलता अभावको मुख्य जिम्मेवार पक्ष हो भन्ने लाग्छ । सहकारी अभियानलाई सवल र सक्षम बनाउन सहकारी को पैसा गैर सहकारी क्षेत्रमा जानुहुँदैन तर यसप्रति कसैको ध्यान गएको पाइदैन । 

कोरोनाको जोखिमबाट पनि आर्थिक क्षेत्र प्रभावित बनेको छ । लगातार तेस्रो लहरको कोरोना सामना गरिरहनुपर्दा यसको प्रत्यक्ष असर सहकारी क्षेत्रमा परेको छ । हामीले कोरोनाको प्रभावलाई समयमै आंकलन गर्न नसक्नु ठूलो कमजोरी भएको छ । कोभिड सिर्जित बन्दाबन्दी र निषेधाज्ञाका कारण पेशा, व्यपार, व्यवसाय, उद्योग कलकारखाना लगायत सम्पूर्ण आर्थिक क्रियाकलाप कम हुनु रोजगारीमा कटौती हुनु र बचत फिर्ताको मात्रा बढनुले सहकारी क्षेत्रमा तरलता अभाव सृजना भएको हो । कोभिडका कारण पनि सदस्यहरुबाट बचत फिर्ताको माग एकसाथ बढ्न जाँदा संघमा असर स्वाभाविक बन्यो भन्ने लाग्छ । 
 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप