सप्तरीको डाक्नेश्वरी नगरपालिकासँग 'आधारशिला' सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सप्तरीको डाक्नेश्वरी नगरपालिकासँग 'आधारशिला' सम्झौता

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकासँग 'आधारशिला' कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम किसुन यादव र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले आधारिशला कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालसँगै नगरपालिकाकी सहकारी शाखा प्रमुख, स्थानीय समाजसेवी लगायतको उपस्थिति थियो । आधारिशला कार्यक्रम स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने नेफ्स्कूनको पछिल्लो कार्यक्रम हो । पछिल्लो समय यो कार्यक्रमको लोकप्रियता बढ्दै गएको छ । स्थानीय तहहरु पनि नेफ्स्कूनले सञ्चालन गरेको यो कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो क्षेत्रका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणमा जोडिन लालायित भएका हुन् ।


 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

९ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

१० घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

११ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

११ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप