सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को झापा सदस्य सेवा कार्यालय र विर्तामोड सेवा केन्द्रको संयुक्त आयोजनामा “सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम” दमक  असोज २६ गते झापामा सम्पन्न भएको छ । 

नेफ्स्कूनका महासचिब घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न तालिमको सहजीकरण नेफ्स्कुनका बरिष्ठ अधिकृत भरत न्यापानेले गर्नुभएको थियो। तालिममा सम्पत्ति शुद्धिकरणका चरणहरू, सहकारीमा जोखिमका सम्भावित माध्यमहरू र नियन्त्रणका उपायहरूबारे व्याख्या गरिएको थियो । 

सहकारी संस्थामा पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न सम्पत्ति शुद्धिकरण निवारण तालिम आवश्यक रहेको छ। तालिमको मुख्य उद्देश्य सहकारीहरूमा अवैध धन भित्रिने सम्भावनाबारे चेतना अभिवृद्धि गर्नु, जोखिम व्यवस्थापनका उपायहरू सिकाउनु र सम्बन्धित कानुनी प्रावधानहरूको जानकारी दिनु रहेको थियो । 

सहजीकरणका क्रममा सम्पत्ति शुद्धिकरणको अर्थ, प्रक्रिया र सहकारी संस्थामार्फत कसरी अवैध सम्पत्ति भित्रिन सक्छ भन्ने विषयमा व्याख्या गरिएको थियो। साथै, अवैध क्रियाकलाप पहिचान गर्ने उपायहरू, सदस्यको पहिचान, संकास्पद कारोबारको रिपोर्टिङ प्रक्रिया र नियामक निकायहरूद्वारा तोकिएको मापदण्डहरूको जानकारी प्रदान गरेको थियो । 

नेपालको सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार सहकारीहरू वित्तीय संस्था भएकाले ऐनको दायरामा पर्छन्। त्यसैले सम्पत्ति शुद्धिकरणको जोखिम न्यूनीकरण गर्न सहकारी सञ्चालक र कर्मचारीहरूलाई तालिम दिई सजग बनाउन आवश्यक मानिएको थियो । 

कार्यक्रमको अध्यक्ष घनश्याम अधिकारीले नियमनकारी निकाय कार्यालयमा आएको छैन भनेर हामीले हाम्रो जिम्मेवारीबाट भाग्न मिल्दैन तसर्थ नेफ्स्कूनमा सदस्यता लिएका हाम्रा सदस्य संस्थाहरूलाई पारदर्शि र शुसासनमा राखी हुन सक्ने संभाबित दुर्घटनाबाट जोगाउनु नै हाम्रो दायित्व र कर्तव्य भएकाले यो कार्यक्रम आयोजना गरिएको कुरा बताउनु भएको थियो । 

झापा र मोरङ जिल्लाका विभिन्न साकोसका अध्यक्ष, सचिव, कोषाध्यक्ष, व्यवस्थापक, ऋण अधिकृत तथा शाखा प्रमुखहरू गरी ६३ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन झापा सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत, ईन्चार्ज  पवन घिमिरे र विर्तामोड सेवाकेन्द्र कार्यालय,झापाका ईन्चार्ज विनोद न्यापानेले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप