नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को झापा सदस्य सेवा कार्यालय र विर्तामोड सेवा केन्द्रको संयुक्त आयोजनामा “सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम” दमक असोज २६ गते झापामा सम्पन्न भएको छ ।
नेफ्स्कूनका महासचिब घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न तालिमको सहजीकरण नेफ्स्कुनका बरिष्ठ अधिकृत भरत न्यापानेले गर्नुभएको थियो। तालिममा सम्पत्ति शुद्धिकरणका चरणहरू, सहकारीमा जोखिमका सम्भावित माध्यमहरू र नियन्त्रणका उपायहरूबारे व्याख्या गरिएको थियो ।
सहकारी संस्थामा पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न सम्पत्ति शुद्धिकरण निवारण तालिम आवश्यक रहेको छ। तालिमको मुख्य उद्देश्य सहकारीहरूमा अवैध धन भित्रिने सम्भावनाबारे चेतना अभिवृद्धि गर्नु, जोखिम व्यवस्थापनका उपायहरू सिकाउनु र सम्बन्धित कानुनी प्रावधानहरूको जानकारी दिनु रहेको थियो ।
सहजीकरणका क्रममा सम्पत्ति शुद्धिकरणको अर्थ, प्रक्रिया र सहकारी संस्थामार्फत कसरी अवैध सम्पत्ति भित्रिन सक्छ भन्ने विषयमा व्याख्या गरिएको थियो। साथै, अवैध क्रियाकलाप पहिचान गर्ने उपायहरू, सदस्यको पहिचान, संकास्पद कारोबारको रिपोर्टिङ प्रक्रिया र नियामक निकायहरूद्वारा तोकिएको मापदण्डहरूको जानकारी प्रदान गरेको थियो ।
नेपालको सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार सहकारीहरू वित्तीय संस्था भएकाले ऐनको दायरामा पर्छन्। त्यसैले सम्पत्ति शुद्धिकरणको जोखिम न्यूनीकरण गर्न सहकारी सञ्चालक र कर्मचारीहरूलाई तालिम दिई सजग बनाउन आवश्यक मानिएको थियो ।
कार्यक्रमको अध्यक्ष घनश्याम अधिकारीले नियमनकारी निकाय कार्यालयमा आएको छैन भनेर हामीले हाम्रो जिम्मेवारीबाट भाग्न मिल्दैन तसर्थ नेफ्स्कूनमा सदस्यता लिएका हाम्रा सदस्य संस्थाहरूलाई पारदर्शि र शुसासनमा राखी हुन सक्ने संभाबित दुर्घटनाबाट जोगाउनु नै हाम्रो दायित्व र कर्तव्य भएकाले यो कार्यक्रम आयोजना गरिएको कुरा बताउनु भएको थियो ।
झापा र मोरङ जिल्लाका विभिन्न साकोसका अध्यक्ष, सचिव, कोषाध्यक्ष, व्यवस्थापक, ऋण अधिकृत तथा शाखा प्रमुखहरू गरी ६३ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन झापा सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत, ईन्चार्ज पवन घिमिरे र विर्तामोड सेवाकेन्द्र कार्यालय,झापाका ईन्चार्ज विनोद न्यापानेले गर्नुभएको थियो ।
६ घण्टा अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
८ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
६ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि