एकता प्रगतिशील साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकता प्रगतिशील साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सोही कार्यक्रमअन्तर्गतगोद गोदाबरी ०८, श्रीपुर, कैलालीस्थित एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा  मंसिर ३ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको पुँजी पर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, MIS अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।

निरीक्षणका क्रममा सहकारीका बचत, ऋण, लेखापरीक्षण, लगानी, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियाका पक्षहरू समेत समग्र रूपमा मूल्यांकन गरिएको थियो। स्क्यानका सूचकमा आधारित अभ्यासमार्फत सहकारीको अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन र आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी र साकोसको तर्फबाट अध्यक्ष सुरत बहादुर बोगटी,कोषाध्यक्ष नन्दा भट्ट, सदस्य प्रेमलाल ओझा,व्यवस्थापक शेर बहादुर बोगटी लगायत उच्च ब्यबस्थापनको सहभागितामा सुपरिवेक्षण सम्बन्धी सुझाव र टिप्पणीहरूलाई आगामी दिनमा पल्स मापदण्डअनुसारका सूचकहरूलाई निरन्तरता दिने र सुधारका बुँदाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त भएको छ । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप