बाँके जिल्ला बचत संघको १९ औ बार्षिक साधारण सभा तथा सदस्य समन्वय विस्तार गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 बाँके जिल्ला बचत संघको १९ औ बार्षिक साधारण सभा तथा सदस्य समन्वय विस्तार गोष्ठी सम्पन्न

बाँके । बाँके जिल्ला बचत संघको १९ औ बार्षिक साधारण सभा तथा सदस्य समन्वय विस्तार गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश बचत सघंका बरिष्ठ उपाध्यक्ष तथा बाँके जिल्ला बचत सघंका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षता, नेफ्स्कून महासचिव तथा फिल्ड ब्यवस्थापन उप–समिति संयोजक दामोदर अधिकारीको प्रमुख आतिथ्यता पुस २६ गते कार्यक्रम उद्घाटन भएको थियो । लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष एवम् बचत संघका संस्थापक अध्यक्ष मिना सिग्देल, राष्ट्रिय सहकारी विकास बोडका पूर्व सदस्य देव बहादुर के.सी, बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सदस्यहरु सहित कुल ४० सहकारी संस्थाबाट ४८ जनाकोको उपस्थिति रहेको थियो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले जिल्ला संघ सबलीकरणका लागि नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी कार्यक्रम विकास गरी कार्यान्वयनमा रहेको जानकारी गराउनुभयो । उहाँले जिल्ला बचत संघ सबलीकरणका लागि साझेदारी अन्र्तरगत कार्यक्रमहरु तत्काल सञ्चालनको ब्यवस्थापन गर्न आग्रह गर्नुभयो । साकोस र संघ वित्तीय ब्यवस्थापन र सुशासनमा सदैव सचेत र सक्रिय रहन अनुरोध गर्नुभयो । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रममा सहभागी भएकोमा बधाई दिदैं अब बाँके जिल्लाको साकोस अभियानले नयाँ गति लिने र नेफस्कूनले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिचितताका कार्यक्रमहरुमा सहभागी भई अगाडि बढ्न सबैलाई आव्हान गदै संस्थालाई परेको बेला सम्पूर्ण सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा ब्यक्त गर्नुभयो । 

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष एवम् बचत संघका संस्थापक अध्यक्ष मिना सिग्देलले बचत संघको सक्षमता विकास र गतिशिलताका लागी आवश्यक पुँजी प्रबन्ध गर्न सवै सदस्य सहकारी र अभियानले निरन्तर सहकार्य गर्न अनुरोध गर्नुभयो । लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दीगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कूनमा आबद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय सहकारी विकास बोडका पूर्व सदस्य देव बहादुर केसीले संस्थाले संस्थागत विकास र सुशासन कायम गर्न सहकारी अघि बढ्न पर्ने अपरिहार्य रहेको बताउनुभयो ।
बचत संघको १९ औ बार्षिक साधारण सभा तथा सदस्य समन्वय विस्तार गोष्ठीको औपचारिक सञ्चालन बचत संघका सचिब प्रेम बहादुर शाहज्यूले र स्वागत मन्तव्य बचत संघ सञ्चालक सदस्य हिरा खनाल ज्यूले गर्नुभएको थियो । सदस्य समन्वय विस्तार कार्यक्रमको सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप