सहकारी क्षेत्रका सबै समस्या एउटै राउन्ड टेबलबाट समाधान गरौं : अर्थमन्त्री पौडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रका सबै समस्या एउटै राउन्ड टेबलबाट समाधान गरौं : अर्थमन्त्री पौडेल

ललितपुर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सहकारी क्षेत्रमा देखिएका सबै समस्याहरु एउटै गोलमेच बैठकबाट समाधान गर्न सकिने बताउँदै त्यसका लागि सरोकारवालाहरु सबैलाई आव्हान पनि गर्नुभएको छ । उहाँले सहकारीमा अब गुनासो गर्न छाडेर आफुले गर्नुपर्ने कामहरु सतप्रतिशत गर्न र सरकारले गर्नुपर्ने कामका बारेमा एउटै टेबलमा सबै बसेर समाधानको मार्ग पहिल्याउन सकिने भन्दै त्यसको लागि सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

ललितपुरमा आज भएको राष्ट्रिय सहकारी महासंघ नेपालको २८ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि सरकारका प्रभावशाली मन्त्री पौडेलले भन्नुभयो, “आवश्यक परे प्रधानमन्त्री, म आफै, सहकारी मन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसँग सहकारी अभियन्ताहरु एउटै राउन्ड टेबलमा बसेर सबै समस्या तथा गुनासाहरुको समाधान गर्न सरकार तयार छौं, म यो मञ्चबाटै त्यसको लागि आव्हान गर्छु ।” प्रमुख अतिथिले उक्त भनाई राखेपछि राष्ट्रिय सहकारी महासंघको सभाहलमा ताली बजेको थियो ।

सहकारी अभियानका तर्फबाट धेरै गुनासाहरु आउने गरेको चर्चा गर्दै मन्त्री पौडेलले भन्नुभयो– “गुनासोले गन्तव्यमा पुगिदैन, सरकारले के गर्नु पर्ने हो ? सहकारी क्षेत्रको समग्र रुपान्तरणका लागि योजना बनाउनुस्, र आउनुस् एउटै राउण्ड टेबलबाट समस्याको समाधान गरौ ।” समाजवाद निर्माणको जगका रुपमा रहेको सहकारी क्षेत्रलाई संविधानको स्पिरिट जस्तो महत्व दिन नसकिएको स्वीकार्दै उहाँले यस क्षेत्रका समस्याहरुलाई पटक पटक गरेर नभई एकै बसाईबाट समाधानको मार्ग पहिल्याउन सरकार तयार रहेको जानकारी गराउनुभयो । अर्थ मन्त्री पौडेलले अब गुनासो भन्दा आफ्नो काम सत प्रतिशत गर्न अभियानकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । एकै बसाईबाट सहकारीका सबै समस्या समाधान गर्न सकिने र त्यसको लागि सरकार तयार रहेको भन्दै उहाँले पहलकद्मी गर्न अभियानकर्मीहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।  

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले महासंघले सबै सहकारीहरुलाई समेट्नुपर्ने भन्दै यस क्षेत्रमा रहेका विकृतिहरु हटाउन समेत ठोस कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारी मैत्री नरहेका कानुनहरु संशोधन अहिलेको अवस्थामा सम्भव नभएपनि अन्य विषयहरु समाधानका लागि सरकार र मन्त्रालयको सहयोग रहने जानकारी गराउनुभयो । 

भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सञ्चालन भैरहेको साधारणसभामा महासंघका अध्यक्ष मीनराज कंडेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा आइसीएका ग्लोबल बोर्ड मेम्मर ओमदेवी मल्लको स्वागत र महासंघका प्रमुख कार्यकारी अधिकृत चित्रा कुमारी थाम्सुहाङको सञ्चालनमा भैरहेको छ । कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष एवम् सल्लाहकार केशब प्रसाद बडाल, संस्थापक अध्यक्ष एवम् सल्लाहकार दीपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेल लगायत देशभरका केही सहकारी अभियानकर्मीहरु प्रत्यक्ष र अरु भर्चुअल माध्यमबाट सहभागी हुनुभएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप