सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्दै तरकारी फलफुल साकोसले मनायो २२ औं स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्दै तरकारी फलफुल साकोसले मनायो २२ औं स्थापना दिवस

काठमाडौं । कालिमाटीस्थित तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी सामाजिक उत्तरदायित्वको कार्यक्रम सहित आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । २०५६ साल माघ २१ गते स्थापित उक्त संस्थाले स्थापना दिवसको अघिल्लो दिन माघ २० गते मातातिर्थस्ति वृद्धाश्रमका १९ जना ज्येष्ठ महिलाहरुलाई न्यानो कपडा र तरकारी वितरण गरेको छ । यसैगरी, संस्थाले स्थापना दिवसको दिन मूल समारोह आयोजना गरी ज्येष्ठ सदस्य र एकल महिला गरी ८३ जना सदस्यलाई सामाजिक सुरक्षा भत्ताका रुपमा वार्षिक रुपमा प्रदान गरिने २ हजार रुपैयाँ प्रदान गरेको छ । यसैगरी, संस्थापक, पूर्व पदाधिकारी एवम् संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त गर्ने उत्कृष्ट ४० जनालाई पनि सम्मान गरेको व्यवस्थापक विमला पुडासैनीले जानकारी गराउनुभयो ।

काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा हाल १६ सय १५ सदस्य छन् भने ५५ करोड कारोबार रहेको छ । ६ करोड १५ लाख सेयर पुँजी रहेको उक्त संस्थामा ४२ करोड ऋण लगानीमा रहेको छ । संस्थाको जगेडा कोषमा हाल ४ करोड ७० लाख रुपैयाँ रहेको व्यवस्थापक पुडासैनीले बताउनुभयो । कालिमाटीको प्रसिद्ध तरकारी फलफुल बजारमा आबद्ध व्यवसायीहरुमा बचतको बानी विकास गर्ने तथा साथै खनखाँचो टार्ने उद्देश्यले ३० जनाबाट ३१ हजार ९ सय रुपैयाँ संकलन गरी स्थापित संस्थामा गत वर्षदेखि कार्यक्षेत्र भित्रका अन्य व्यक्तिहरुलाई पनि समेट्ने योजना सुरु भएको हो ।

संस्थाकी व्यवस्थापक पुडासैनीले अर्को वर्ष भित्र २ हजार सदस्य पुर्याएर बल्खु तरकारी वजार क्षेत्रमा सेवा केन्द्र खोल्ने योजना सुनाउनुभयो । संस्था हाल नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा  आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध रहेको नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप