६ पटक नोबेल पुरस्कारका दाबेदार जापानी सहकारीका पिता कागावा  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६ पटक नोबेल पुरस्कारका दाबेदार जापानी सहकारीका पिता कागावा  

तोयोहिको कागावा (जुलाई १०, १८८८– २३ अप्रिल, १९६०) लाई जापानी सहकारीका पिता मानिन्छ । आफ्नो सम्पूर्ण जीवन सहकारीसँगै कृषक, श्रमिक र पिछडिएका वर्गहरुको हकहितमा खर्चिनभएका उहाँले जापानमा बालिग मताधिकारको पक्षमा पनि वकालत गर्नुभयो भने विपत व्यवस्थापन, गरिबी निवारण आदिका क्षेत्रमा पनि आजीवन क्रियाशील रहनुभयो । सहकारीकर्मीसँगै अधिकारकर्मी, धर्मप्रचारक, लेखक र समाज सुधारकका रुपमा बहुप्रतिभाशाली छविसहितको ओजपूर्ण व्यक्तित्व बनाउन सफल कागावाका बारेमा यहाँ थप चर्चा गरिएको छ । 

जन्म र शिक्षा 
कागावाको जन्म सन् १८८८ मा जापानको कोबे सहरमा भएको थियो । ४ वर्षको हुँदा पिता केम र माता जुनीचीको निधन भएपछि उहाँ टुहुरो हुनुभयो । त्यपछि कागावाको पालन पोषण क्रिश्चियन पादरीहरुले गर्नुभएको थियो जसका कारण उहाँमा उक्त धर्मप्रति लगाव पैदा भयो । फलतः उहाँ सानैमा क्रिश्चियन हुनुभयो । जापानमा अध्ययन सकेपछि उहाँले अमेरिकी विश्वविद्यालयमा पनि थप अध्ययन गर्नुभएको जापानी इतिहासमा उल्लेख छ । उहाँले धर्मशास्त्र विषयको औपचारिक शिक्षा हासिल गर्नुभएका थियो ।

अर्थतन्त्र उठाउन सहकारी
पहिलो विश्व युद्ध (१९१४–१९१८) ले जन्माएको आर्थिक मन्दीले अन्य मुलुकहरु झैं जापानी जनजीवन पनि प्रतिकुल प्रभावित बन्यो । त्यसबाट उन्मुक्तिको प्रयास स्वरुप तायोहिको कागावाको अगुवाइमा २ वटा उपभोक्ता सहकारीहरु स्थापना भए– १२ १९२१ मा कोवे कन्ज्युमर कोअपरेटिभ अप्रिल र १९२० मा नाडा पर्चेज एशोसिएशन जुन पछि मर्ज भएर कोप कोवे बनेको थियो । सन् १९२१ मा कागावाले कोवे उपभोक्ता सहकारी स्थापनाको अगुवाई गर्नुभयो । त्यसअघि १९२० मा उहाँले उपभोक्ता सहकारी कोप कोएकिसा स्थापना गर्नुभएको थियो ।

कोप कोवेलाई कन्ज्युमर कोअपरेटिभ कोवेका रुपमा पनि विश्वले चिन्दछ । यस बाहेक कागावाले क्योटो फ्यामिली कोअपरेटिभ, टोकियो स्टुडेन्टस् कन्ज्यमुर कोअपरेटिभ, मेडिकल सर्भिस युजर्स कोअपरेटिभ आदि अन्य थुप्रै सहकारीहरु पनि स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सन् १९४५ नोभेम्बरमा उहाँले जापानी सहकारी महासंघको भेला आयोजना गर्नुभयो । सन् १९५१ मा कागावाले जापानी उपभोक्ता सहकारी संघ गठनको अगुवाई गर्नुभयो जसको संस्थापक अध्यक्षको रुपमा उहाँले मृत्यु पर्यन्त नेतृत्व गर्नुभयो ।

कागावाको कोप कोवे
कागावाले स्थापना गरेको कोप कोवे रोजडेल पायोनिर्यस सहकारी मोडलमा आधारित थियो । चर्को मुल्यवृद्धिलाई ध्यानमा राखी उपभोक्ताहरुलाई सहज, सरल र गुणस्तरीय उपभोग्य सामान एउटै छातामुनिबाट उपलब्ध गराउने उद्देश्यसहित सुपरमार्केट र घरदैलो सेवाका रुपमा कोप कोवेलाई विकसित गर्दै लगिएको थियो ।

हाल ३० लाख बढी सदस्य भएको कोप कोवे विश्वको ठूलो उपभोक्ता सहकारीहरुमध्येको एक हो । अन्तर्राष्ट्रिय सहकारी महासंघले हालै सार्वजनिक गरेको विश्वका उत्कृष्ट ३ यस सहकारीहरुको सूचीमा कोवे १ सय ८४ औं स्थानमा छ । यद्यपि, उपभोक्ता सहकारीहरुमा भने यो विश्वमै अग्रणी स्थानमा छ । कोप कोवेका करिब ३० प्रतिशत सदस्यहरु ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरु छन् । जापानभर यसका १ सय ७० किनमेल केन्द्रहरु छन् भने सदस्यहरुका लागि घरदैलो सेवा समेत पुर्याइरहेको छ । कोवेले ‘केयरिङ् एण्ड कोअपरेशन्’ लाई मुल मर्मका रुपमा लिदैं कार्यक्रमहरु अघि सारेको छ । सन् १९७८ देखि यसले किनमेलका लागि ग्राहकहरुलाई घरबाटै झोला बोकेर ल्याउन प्रेरित गर्न ‘मेरो झोला अभियान’ (माई ब्याग क्याम्पेन) प्रारम्भ गर्यो । 

कागावालाई अमेरिकी राष्ट्रपतिको निम्तो
३२ औं अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डी रुजभेल्ट सन् १९२९ को अपकल्पनीय आर्थिक मन्दी ‘ग्रेट डिप्रेसन’ बाट मुलुकलाई उतार्न प्रयासरत हुनुहुन्थ्यो । यसका लागि उहाँले सहकारी मोडलको सहायता लिने योजना तयार पार्नुभयो । त्यसैकारण तत्कालीन अमेरिकी राष्ट्रपति रुजभेल्टले कागावालाई अमेरिका आमन्त्रण गर्नुभयो । त्यसबेला जापानी सहकारी अभियानलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कागावा अमेरिकामा सहकारी अभियानबारे औपचारिक सम्बोधन गर्ने उपयुक्त व्यक्ति भएको ठहर राष्ट्रपति रुजभेल्टले गर्नुभयो । यसै सिलसिलामा ६ महिना अमेरिका बसाईका क्रममा उहाँले १ यस ४८ सहरमा सहकारीसम्बन्धी ५ सय बढी कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको थियो । उहाँका ती भाषणहरु त्यसबेला अमेरिकी रेडियोबाट समेत प्रसारण गरिएको थियो । सहकारीसम्बन्धी कागावाका सम्बोधनहरु करिब ७ लाख अमेरिकीहरुले सुनेको बताइन्छ । कागावाको सम्बोधनको असरका कारण पनि अमेरिकामा करिब ३ हजार सहकारीहरु स्थापना भएको थियो । अमेरिकापछि कागावाले सहकारीसम्बन्धी प्रचार प्रसारकै सिलसिलामा युरोप भ्रमणमा समेत जानुभयो । सामाजिक, सहकारी र पिछडिएका क्षेत्रहरुको उत्थानमा पुर्याएको कदर स्वरुप कागावा सन् १९५४ देखि १९६० सम्म ४ वर्ष नोवेल शान्ति पुरस्कारका लागि छनौट समेत हुनुभएको थियो । 
 
कागावाको लेखन कला
कागावा अत्यन्त कुशल लेखक पनि हुनुहुन्थ्यो । उहाँका अधिकांश लेख कागावा तोयोहिको जेन्शु (१९६४) मा समेटिएका छन् । सन् १९२१ र १९२२ मा जेल जीवन बिताउँदा उहाँले आफ्ना दुई उपन्यासहरु लेख्नुभएको थियो– क्रसिङ द डेथलाइन र सुटिङ अ्याट द सन । ती दुबै पुस्तक सर्वाधिक बिक्री (बेस्ट सेलर) को किर्तिमान राख्न सफल भएका थिए । १ सय ५० भन्दा बढी कृतिका लेखक कागावाले विशेषतः क्रिश्चिियन धर्मसम्बन्धी रचनाहरु सिर्जना गर्नुभएको थियो । यसैगरी, उहाँको जीवनी र योगदानका सम्बन्धमा पनि थुप्रै पुस्तकहरु लेखिएका छन् । लेखनतर्फको उहाँको शिल्पको कदरस्वरुप उहाँ सन् १९४७ र १९४८ मा साहित्यतर्फको नोबेल पुरस्कारका लागि पनि छनौट हुनुभएको थियो ।

सन् १९६० मा ७२ वर्षको उमेरमा कागावाको निधन भएको थियो । 

(एजेन्सीहरुको सहयोगमा)

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१९ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप