स्वीडेन बन्दैछ विश्वको पहिलो ‘क्यासलेस इकोनोमी’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वीडेन बन्दैछ विश्वको पहिलो ‘क्यासलेस इकोनोमी’

स्वीडेन विश्वकै पहिलो नगदरहित अर्थतन्त्र (क्यासलेस इकोनोमी) बन्दै छ । सन् २०२३ को मार्च महिनाबाट युरोपको यो सुन्दर, विकसित र प्रविधिप्रेमी मुलुक पूर्णतः डिजिटल इकोनोमीमा प्रवेश गर्नेछ । स्वीडेन सतप्रशित डिजिटल अर्थतन्त्रतर्फको अनवरत यात्राको गन्तव्य नगीच पुगेको छ । यसैबर्षबाट स्वीडेन भर्चुअल मुद्रा इ–क्रोना सुरु गर्दैछ भने २ वर्षपछि आर्थिक कारोबार पूर्णत डिजिटल बन्ने छ । अहिले नै स्वीडेनका धेरै स्थानमा नगद चल्दैन । त्यहाँ अहिले नै क्यास ‘नो गो’ भैसकेको छ । 

स्वीडेनको केन्द्रीय बैंक रिक्सबैंकका अनुसार हाल त्यहाँ केवल ६ प्रतिशत आर्थिक कारोबार मात्र नगदमा हुन्छ । स्वीडेनमा कुल कारोबारको १ प्रतिशत मात्र नगद रहेको छ । युरोपेली आयोग (इसी) का अनुसार स्वीडेन ‘डिजिटल लिडर’ हो । स्वीडीस सरकारले सन् २०१७ मा डिजिटाइजेसनको रणनीति अबलम्बन गरेसँगै अर्थतन्त्रलाई नगदरहित बनाउने काम द्रुत गतिमा सुरु भएको हो ।

विश्व प्रसिद्ध इजरेली इतिहासविद्, दार्शनिक एवम् अध्येता युभल नोहा हरारीका अनुसार आधारभूत रुपमा नगद भनेको विश्वास हो । त्यसैले कुनै पनि चिज जसले विश्वास पैदा गर्न सक्छ त्यो नगदको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । अबको न्यू नर्मल भनेको क्यासलेस कारोबार हो । त्यसैले दक्ष जनशक्तिको प्रयोगबाट डिजिटाइजेसनको दौडमा अघि बढेको छ स्वीडेन ।

स्वीडीस जनशक्ति हाल विश्वकै दोस्रो अब्बल मानिन्छ भने इन्टेर प्रयोगमा यो विश्वको दोस्रो ठूलो मुलक हो । प्रायः सबै स्वीडीसहरुको इन्टरनेटमा पहुँच भएको इसीले जनाएको छ । त्यहाँ अहिले नै अधिकांश डिपार्टमेन्ट स्टोर तथा रेष्टुराँहरुले नगद स्वीकार गर्दैनन् । कार्ड, क्यू आर र मोबाइल भुक्तानी बढी चल्छ ।

स्वीडेनमा बैंकहरुका अधिकांश शाखाहरु बन्द गरिएका छन् । महंगो सुरक्षा प्रणालीका कारण नगद व्यवस्थापन कठिनाई हुने स्वीडीसहरुको ठम्याइ छ । नगद नै चाहिनेहरुले त्यहाँका सीमित एटीएम सम्म पुग्नै पर्छ । मोबाइल भुक्तानी त्यहाँ अत्यधिक हुने गरेको छ । यूरोपमै पहिलो बैंक नोट निष्काशन (सन् १६६१) देखि पूर्णतः नगदरहित (सन् २०२३) बन्ने स्वीडेनको यात्राले ३ सय ६२ वर्ष पार गर्नेछ सन् २०२३ मा । करिब करिब यस्तै अवस्थामा छन् अन्य नर्डिक राष्ट्रहरुः फिनल्याण्ड, नर्वे, डेनमार्क र आइसल्याण्ड पनि । तर पूर्णतः पहिलोको इतिहास फेरि पनि स्वीडेनले नै राख्ने छ ।

सन् २०१२ मै स्वीडेनका ६ ठूला बैंकहरुले संयुक्त रुपमा मोबाइल भुक्तानी प्लेटफर्म ‘स्वीस’ बनाए जसका कारण इलेक्ट्रोनिक भुक्तानी सहज बन्यो । अहिले आधा भन्दा बढी जनसंख्याले उक्त प्लेटफर्म प्रयोग गर्छन् । त्यहाँ सरकार र बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबार बढाउन आग्रह गर्ने मात्र होइन त्यसका लागि सहज नीति निर्माण र अनुगमनमा सहकार्य गर्छन् । त्यहाँ आजका बालबालिकालाई नगदको व्यापक प्रयोग कसरी गरिन्छ भन्ने थाहा नहुने अवस्था विकास हुँदै गएको छ । त्यहाँ सात वर्ष भन्दा माथिका बालबालिकाका लागि बैंकहरुले अभिभावकको सहमतिमा डेबिट कार्ड जारी गर्छन् । ९७ प्रतिशत बालबालिकाहरुमा यो सुविधा रहेको छ जसलाई २०२३ अघि नै सतप्रतिशतमा पुर्याइने बताइएको छ ।

नगद नोट तथा सिक्काहरु तत्कालै विस्थापित नभएपनि कानूनतः तिनको प्रयोग बन्देज गरिने छ । तिनीहरु संकलनको सोखका लागि वा जम्मा गरी म्यूजियममा राखिने छ । सूचना प्रविधिमा निक्कै फड्को मारेको स्वीडेन अन्य धेरै विषयमा पनि पहिलो हो । यूरोपमा सबैभन्दा पहिले बैंक नोट निकाल्ने स्वीडेन नै हो भने बैंकिङ क्षेत्रमा नवीनतम् प्रविधि विकास तथा लागू गर्ने काममा पनि स्वीडेन यूरोपको पहिलो मुलुक मानिन्छ । विश्वमै पहिलो स्वचालित नगद मेसिन स्वीडेनमा प्रयोगमा आएको थियो जसले पछि ब्रिटेनमा विश्वको पहिलो एटीएम प्रयोगमा सहजता ल्याएको थियो । (एजेन्सीहरुको सहयोगमा)

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप