सिन्धुलीमाढीमा नेकोस सफ्टवेयर अभिमुखीकरण कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमाढीमा नेकोस सफ्टवेयर अभिमुखीकरण कार्यक्रम

सिन्धुली । सिन्धुलीमाढीमा असोज ११ गते नेकोस सफ्टवेयरसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेफ्स्कून र सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै जिल्ला संघकी अध्यक्ष बालकुमारी श्रेष्ठले प्रबिधिलाई सहज रूपमा स्वीकार्दै  हतोत्साही नभई अघि बढ्न सहभागीहरुलाई प्रोत्साहित गर्नुभएको थियो । संघका कार्यक्रम अधिकृत शारदा पहाडीबाट अनौपचारिक रूपमा प्रारम्भ गरिएको सो कार्यक्रममा सिन्धुली  बचत संघका संचालक गोकर्ण प्रसाद सुवेदी र लेखा सुपरिवेक्षण समिति संयोजक शम्भुप्रसाद गजुरेल समेतको उपस्थिति थियो । 

साकोस अभियानको आफ्नै सफ्टवेयर नेकोसका सम्बन्धमा सिन्धुली जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुलाई अभ्यस्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रवीन अधिकारीले नेकोस सफ्टवेयरका विशेषता, यसमा थपिएका सुविधाहरु र भावी योजनाका सम्बन्धमा सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

यस्तै अधिकृत अधिकारीले नेकोस सफ्टवेयर सहकारी मैत्री, साकोसका जनशक्तिले सहज रुपमा प्रयोग गर्न सक्ने र लागतमैत्री पनि भएको जानकारी गराउनुभएको थियो । उहाँले नेकोस सफ्टवेयरको माध्यमबाट सहकारीहरुले सुरक्षित, भरपर्दो, विश्वसनीय र पारदर्शी हिसाबकिताब राख्न सक्ने भन्दै सहभागीका जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका दुई नगरपालिका र चार  गाउँपालिकाका १५ वटा सहकारी संघ संस्थाहरुको सक्रिय सहभागिता थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप