न्यू धौलागिरि साकोसको एकाईगत साधारणसभा शुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
न्यू धौलागिरि साकोसको एकाईगत साधारणसभा शुरु 

म्याग्दी । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबारदेखि एकाईगत २३औं वार्षिक साधारणसभा शुरु गरेको छ । 

बेनी सेवोकन्द्र एकाई नं. १ को बेनीमा भएको साधारणसभा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । साधारणसभा उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य गौचनले सहकारीले उत्पादन र आयआर्जनका क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो । 

सहकारीका संस्थापक अध्यक्ष स्व. राम गौचनकी धर्मपत्नी रहेकी गौचनलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा सञ्चालकहरुले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 

२३ वर्षअघि २९ जनाको रु. सात लाख २५ हजार शेयर पुँजीबाट शुरु भएको सहकारीमा हाल ७ वटा सेवाकेन्द्रमा ६ हजार ४६३ जनाको रु. ८ करोड २३ लाख ३४ हजार ४०० शेयर रकम पुगेको संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । 

दरवाङ, मल्लाज, सिंगा तातोपानी, पोखरेबगर, बाबियाचौर र फलियागाउँमा सेवा केन्द्र रहेको सहकारीले बागलुङ, कुश्मा पोखराका सहकारीहरुसँग एकिकरण गरि कार्यक्षेत्र विस्तारको तयारी गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

कोषाध्यक्ष बमबहादुर पुनले गत वर्ष रु. ६९ करोड ९७ लाख ५० हजार ६६५ निक्षेप संकलन, रु. ७६ करोड ६० लाख छ हजार २२८ ऋण लगानी र रु. एक करोड २८ लाख ९९ हजार ३६५ मुनाफा आर्जन भएको जानकारी दिनुभयो ।  संस्थाको जगेडा कोषमा रु( दुई करोड ३९ लाख ३३ हजार ५७ रहेको छ । 

संस्थाका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस भन्ने लक्ष्य सहित अत्याधुनिक प्रबिधिको प्रयोग गरेर सेवा र कारोबार सञ्चालन गरेको बताउनुभयो । 

सचिव चन्द्रकुमार केसीले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक वर्ष २०७८÷७९ मा म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने सोमबहादुर खत्रीलाई रु. १५ हजार पाँच सय र पवित्रा खत्रीलाई रु. २४ हजार ९०० छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले आफ्नो समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । ७ वटा सेवा केन्द्रमा एकाईगत साधारण सभा पछि पुष २३ गते बेनीको भाषा मंका खलको सभाहलमा एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणितसभा को बैठक गरिनेछ । 

पुष २१ गते दरवाङ, तातोपानी, बाबियाचौर र धौलागिरी तथा २२ गते मल्लाज र पोखरेबगर सेवा केन्द्रको इकाई साधारणसभा गरिने संस्थाका प्रबन्धक बसन्त श्रेष्ठले बताउनुभयो । साधारणसभामा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । 

बेनी सेवा केन्द्र अन्तरर्गत उत्कृष्ट बचतमा साधना भण्डारी, सुर्यबहादुर तिलिजा, ऋणतर्फ सिता शर्मा सुवेदी र सुर्यबहादुर थापामगरलाई पुरस्कृत गरिएको छ । यसैगरी रेमिटेन्सतर्फ हिमला पाइजा थापा, राधिका उपाध्याय आचार्यलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप