बाराका सात साकोस कर्ब्स कार्यक्रममा आबद्ध, सुशासन कायम हुनेमा विश्वस्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाराका सात साकोस कर्ब्स कार्यक्रममा आबद्ध, सुशासन कायम हुनेमा विश्वस्त

बारा । मधेश प्रदेशको जिल्ला बाराका सात बचत तथा ऋण सहकारी संस्थाले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा सम्झौता गरेका छन् । कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट सुशासन कामय हुनेमा विश्वस्त रहेको साकोस प्रतिनिधिहरूले बताएका छन् । 

यही पौष १९ देखि २१ गतेसम्म भएको सम्झौता कार्यक्रम मार्फत बाराका रोयल साकोस कलैया–६, घण्टीमाई साकोस जितपुर सिमरा–४, सिमरा महिला साकोस जितपुर सिमरा–२, संगालो साकोस जितपुर सिमरा–२, सेवा शुभारम्भ साकोस निजगढ–९,  पालन पोषण साकोस महागढीमाई–२ र सप्तरंगी साकोस जितपुरसिमरा–५ मा सञ्चालनरत साकोसहरु कर्ब्समा आबद्ध भएका हुन् । 

नेफ्स्कूनद्वारा केही समयअघि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रम मार्फत प्रभावित भई जोखिम रहित सुरक्षित साकोस निर्माणको अभियानमा ऐक्यबद्धता जनाउँदै बाराका सात साकोस एकसाथ कार्यक्रममा जोडिएको नेफ्स्कूनका अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले जानकारी गराउनुभयो ।  

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत नेफ्स्कून, बारा जिल्ला बचत संघ र साकोसबीच कर्ब्स कार्यक्रम कार्यान्वयनमा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता कार्यक्रममा नेफ्स्कूनको तर्फ बाट अनुगमन अधिकृत श्याम राजा तिमल्सिना, नेफ्स्कून विरगन्ज फिल्ड इन्चार्ज वृजेश गुप्ता, बारा जिल्ला बचत संघको तर्फबाट अध्यक्ष सतेन्द्र प्रसाद ठाकुर र लेखापाल हरिशंकर चौधरीको सहभागिता रहेको थियो भने साकोसहरुको तर्फबाट अध्यक्ष, व्यवस्थापक तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मार्फत साकोसमा सिकाई तथा सुशासनमा बृद्धि र नीति, विधि, प्रविधिको प्रभावकारी कार्यान्वयनमा सहजता आउने अपेक्षा साकोस प्रतिनिधिहरुले गरेका छन् । 
 
कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप