बलियो आन्तरिक नियन्त्रण प्रणाली सबल सहकारीको पहिचान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बलियो आन्तरिक नियन्त्रण प्रणाली सबल सहकारीको पहिचान

१८ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को चालु आर्थिक वर्षको अर्ध–वार्षिक प्रगति समीक्षा बैठक संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले बलियो आन्तरिक नियन्त्रण प्रणाली एक सबल सहकारीको पहिचान भएको बताउदै लक्ष्य र वर्तमान प्राप्ति बीचको अन्तर केलाएर लक्ष्य प्राप्तिका लागि रणनीति बनाउन समीक्षा कार्यक्रम गर्ने परिपाटी अनुसार समीक्षा  कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले हाल युवाहरु विदेशीनुको मुख्य कारण बेरोजगारी रहेको बताउदै संस्थाबाट निरन्तर रुपमा सीपमूलक तालिम आयोजना गरी युवालाई स्वदेशमै बसी कर्म गर्न सक्षम बनाउनुपर्नेु बताउनुभयो । उहाँले संस्थामा प्रविधिको विकास गर्दै जाँदा सदस्यहरुको वित्तीय कारोबारको गोपनियतालाई पहिले जस्तै नै कायम राख्नुपर्ने भन्नुभयो ।

संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले कर्मचारीहरु सदस्यहरुसँंग नजिक हुने भएकोले कर्मचारीहरुमा सहकारीसम्बन्धी सम्पूर्ण ज्ञान हुनुपर्ने कुरालाई जोड दिदै सहकारीमा विकृति फैलन नदिन कर्मचारीहरुको अह्म भूमिका रहने बताउनुभयो । नेपालको विद्यमान आयकर बारेमा पनि जानकारी लिई सुरक्षित कारोबार गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । 

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद लाखाजुले संस्थाको समिति, उपसमिति भन्दा पनि व्यवस्थापन मजबुत हुनुपर्ने कुरा व्यक्त गर्दै संस्था विकासमा कर्मचारीको अहम भूमिका रहने बताउनुभयो ।

संस्थाले २०८० पुस मसान्तसम्मा १६६४७ सदस्य, शेयर पूँजी २७ करोड ६ लाख, निक्षेप तथा बचत २ अर्व २९ करोड ३ लाख, ऋण लगानी १ अर्वं ८३ करोड ८४ लाख, जगेडा कोष २२ करोड १६ लाख तथा कुल सम्पत्ति २ अर्ब ९६ करोड ८२ लाखको संकलन गरी संस्थाको २०८१ असार मसान्त सम्मको कुल लक्ष्यको ६१ प्रतिशत हासिल गरेको आर्थिक प्रगति विवरण सहित संस्थाको सबल र सुधार गर्नुपर्ने विषयहरुमा प्रस्तुतिकरण व्यवस्थापक शिला गोसाई गर्नुभएको थियो । साथै शिक्षा शिविर जस्तै प्रविधि साक्षरता र कानुनी साक्षरता सम्बन्धी कार्यक्रमको पनि आयोजना गरिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बचत उपसमितिका सचिव चिरी मैया लाखाजु, ऋण अधिकृत राजेश लाखाजु र कर्मचारी सरु सितिखु पनि बोल्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप