‘तालिमले हामीलाई मसिना विषयहरुमा पनि एकदमै स्पष्ट पार्यो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘तालिमले हामीलाई मसिना विषयहरुमा पनि एकदमै स्पष्ट पार्यो’

घोराही, दाङ । सहकारी संस्था सञ्चालनका लाागि नीति तथा कार्यविधि एकदमै महत्वपूर्ण आवश्यकता हो । संस्था सञ्चालन नीति तथा कार्यविधिको आधारमा हुनुपर्छ भन्ने विषयमा कसैको पनि दुइमत हुँदैन । सहकारी संस्थामा नेतृत्वको व्यक्तिगत तजबिजीभन्दा सामूहिकताको आधारमा गरिने निर्णयहरुलाई नीतिगत रुप प्रदान गर्ने तथा आवश्यक आन्तरिक कार्यविधि निर्माण गरी काम गर्दा त्यसले रणनीतिक लक्ष्यहरु हासिल गर्न मद्दत गर्दछ । यस्तो, नीति तथा कार्यविधिहरु के कसरी र कहिले तयार गरिन्छ, यसका तौरतरिका के छन्, भन्ने जान्नु अत्यावश्यक छ । 

अर्को भनेको, सञ्चालक समिति तथा विभिन्न उपसमिति लगायतका बैठकका समग्र विषयवस्तुसहित वैधता तथा आधिकारिताका लागि उपस्थित सबैले प्रमाणित गरी अभिलेखाङ्कन गर्ने लिखित अभिव्यक्तिलाई माइन्यूट भनिन्छ । यो माइन्यूट के कसरी लेखिन्छ यसका स्थापित विधिहरु के छन्, यसका अन्य महत्व र विशेषता आदिबारे पनि सहकारी संस्था जानकार हुनुपर्दछ ।

यीनै विषयमा नेफ्स्कून सदस्य सेवा कार्यालय दाङको आयोजनामा दुई दिवसीय तालिम सञ्चालन गरिएको छ । २०८० माघ १८ र १९ गते घोराहीमा सम्पन्न तालिममा बिभिन्न २५ बचत तथा ऋण सहकारी संस्थाका ३६ जनाको सहभागिता थियो ।  

तालिममा नीति तथा आन्तरिक कार्यविधि निर्माण प्रकृया समावेश हुनपर्ने बिषयवस्तु, उद्देश्य, तिनको ब्याख्याका विषयमा समूह छलफल, समूह अभ्यासमार्फत सहभागीहरुलाई प्रष्ट पारिएको थियो । त्यसैगरी, संस्था सञ्चालनका लागि प्रभावकारी बैठक सञ्चालन प्रकृया साथै नीतिगत निर्णय लेखनमा उल्लेख हुनपर्ने बिषयवस्तुमा समूह छलफल गरि बुझाइमा एकरुपता कायम गरिएको थियो । 

तालिमका सहभागीहरुले बिषयवस्तु समय सान्दर्भिक भएको र साकोस सञ्चालनका आधारभूत कुराहरु सिक्न पाइएको भन्दै तालिममा सिकेका कुरा साकोसमा व्यवहारमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सहभागीहरुले तालिमले मसिनादेखि महत्वपूर्ण धेरै विषयमा स्पष्ट हुने अवसर प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

तालिम समापनमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङका अध्यक्ष बिमल अधिकारीले सहकारीलाई सफल रुपमा संञ्चालन गर्न नीति, आन्तरिक कार्यविधि निर्माण तथा तिनको समय सापेक्ष संशोधन आवश्यक भएको बताउनुभयो ।  उद्घाटन कार्यक्रममा संघको सदस्य सेवा कार्यालयका दाङका निवर्तमान सदस्य भरत बुढाथोकी सहभागी भई सबैलाई उत्प्रेरित गर्नुभएको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने उद्घाटन तथा समापन कार्यक्रम सञ्चालनसँगै समग्र कार्यक्रमको व्यवस्थापन नेफ्स्कूनको सदस्य सेवा कार्यालय दाङका ईन्चार्ज बिष्णुदत्त जोशीले गर्नुभएको थियो । व्यवस्थापन सहयोग कार्यालय सहायक दिनेश महराले गनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप