हाम्रो नेपाल साकोसद्वारा दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो नेपाल साकोसद्वारा दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

बिर्तामोड ।  हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम बिर्तामोडको सुरुङ्गामा फागुन ०८ गते सम्पन्न गरेको छ ।

साकोसले ३१ वटा सेवा केन्द्र मार्फत सदस्यहरूलाई गुणस्तरीय, प्रभावकारी तथा सदस्यमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले नेतृत्व तहका कर्मचारीहरूका लागि तालिमको आयोजना गरेको हो । फागुन ६ र ७ गते सुरुङ्गामा सञ्चालित तालिम ‘सदस्य केन्द्रीयता’ को अवधारणामा आधारित रहेको थियो ।

संस्थामा आबद्ध सदस्यहरूलाई सहकारीको मर्म, शिद्धान्त, उत्तरदायी वित्तीय परामर्श तथा संस्थाका वस्तु र सेवाबारे तल्लो तह (ग्रासरुट लेभल) सम्म प्रभावकारी रूपमा जानकारी पु¥याउन सक्षम जनशक्ति विकास गर्नु तालिमको प्रमुख उद्देश्य रहेको जनाइएको छ । तालिमका क्रममा सहभागीहरूलाई प्रभावकारी प्रस्तुतीकरण कला, सेसन प्लान निर्माण तथा वयस्क शिक्षण विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो ।

संस्थाका तालिम विभाग प्रमुख वेद प्रकाश दवाडीले सदस्यहरूको आवश्यकता पहिचान गरी उहाँहरूलाई सक्रिय रूपमा सिकाइ प्रक्रियामा सहभागी गराउन यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । तालिमका प्रमुख सहजकर्ता नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले सहभागीलाई प्रभावकारी सहजीकरण सीप, अन्तरक्रियात्मक प्रस्तुतीकरण विधि तथा सदस्यमैत्री सञ्चार शैलीबारे प्रशिक्षण दिनुभएको थियो । तालिमको अन्त्यमा सहभागीहरूले डेमो प्रस्तुतीकरणमार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

संस्थाले व्यावसायिक विकाससँगै कार्यरत कर्मचारीहरूको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्दँै आएको छ, शेयर सदस्य तथा समुदायको चेतना स्तर अभिवृद्धिका लागि विभिन्न शिक्षा तथा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वसमेत वहन गर्दै आएको साकोसले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप