पर्सामा रहेको  बिरगंज साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्सामा रहेको  बिरगंज साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

पर्सा  । बिरगंज बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको स्क्यान कार्यक्रममा फागुन १० गते आबद्ध भएको छ । नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) बदलिँदो नियामकीय व्यवस्थामा अवधारणा भएको हो । 

संघले बिगतमा एक्सेस,प्रोवेशन र जोखिममा आधारित साकोस बिकास कार्यक्रम (कर्ब्स) सञ्चालनमा ल्याई रहेकोमा हाल संघको ३८औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनि गरेको हो । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रमले साकोसहरुको  वित्तीय सुशासन, सम्पत्ति शुद्धिकरण कार्यान्वयन अधिकारीले सम्बन्धित निकायमा तोकिए बमोजिम रिर्पोटिगं गर्ने कार्य, भाखा नाघेको ऋण असुलिमा प्रभावकारिता, जोखिम व्यवस्थापन, सक्षमता बिकास गर्न गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्राण्ड प्राप्त गर्न, योजनाबद्ध रुपमा साकोस संचालन सुनिश्चित गर्न, सहकारी मैत्रि ब्यवस्थापन सुनिश्चित गर्न, क्युरिमा ३६० अनुरुप क्षेत्रगत जोखिम न्युनिकरण गर्न र सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत महेश बराल र  सहजकर्ता  रामानन्द प्रसाद यादव दोस्रो पक्ष बाट साकोसका अध्यक्ष डिल्ली बिक्रम कार्की ,कोषाध्यक्ष रामबिलास चौरसिया र व्यवस्थापक बृजेश गुप्ताको उपस्थिति रहेको थियो । प्रथम पक्षको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता भएको हो । साकोसका अध्यक्षले स्क्यान कार्यक्रममा नियमित निरीक्षणमा रहि सुचकहरुको पालना गरि साकोसलाई थप उचाईमा पुर्याउने बिश्वास ब्यक्त गर्नुभयको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप