विकू साकोसद्वारा प्रतीक्षालय हस्तान्तरण तथा ज्येष्ठ सदस्य सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 विकू साकोसद्वारा प्रतीक्षालय हस्तान्तरण तथा ज्येष्ठ सदस्य सम्मान

गैडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका सिद्धान्त सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिका १२, जिरौनामा प्रतीक्षालय हस्तान्तरण तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रम चैत्र २१ गते सम्पन्न गरेको छ ।

“ज्येष्ठ अग्रज सदस्यसँग विकू आशीर्वाद” कार्यक्रममा आयोजित उक्त कार्यक्रममा बागदेवी किसान टोल विकास समितिको संयोजनमा आयोजित कार्यक्रममा विकू प्रतीक्षालय बागदेवी किसान टोल विकास संस्थालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष सुन्दरमणी सुवेदी प्रमुख अतिथि तथा अध्यक्षता संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, सहकारीका शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा ज्येष्ठ सदस्य सम्मान गरिएको थियो । सो अवसरमा स्थानीय अग्रज सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै संस्थाको तर्फबाट पोषिलो खाद्य सामग्री (मह) र हिँडडुलमा सहजताका लागि टेक्ने लठ्ठी वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सुवेदीले सहकारीले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेखनीय कार्य गरेको उल्लेख गर्दै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै, उपस्थित अतिथिहरूले विकू साकोसले सामाजिक एकता अभिवृद्धि तथा समुदाय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

साकोसले “गर्भदेखि स्वर्गसम्मका कार्यक्रमहरू” मार्फत सदस्य तथा समुदायमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप