डिजिटल प्रणालीद्धारा सार्वजनिक सवारी भाडा, सुरुवात चन्द्रागिरि साकोसबाट 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डिजिटल प्रणालीद्धारा सार्वजनिक सवारी भाडा, सुरुवात चन्द्रागिरि साकोसबाट 

काठमाडौं — ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालमा पहिलो पटक सार्वजनिक सवारी साधनको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रणाली सुरु गरेको छ । चैत २० गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले फिनटेक इन्टरनेशनल प्रा.लि.सँग सहकार्य गर्दै उक्त सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो ।

नयाँ प्रणाली अन्तर्गत यात्रुहरूले ‘यात्रा कार्ड’ वा मोबाइल एप मार्फत क्यूआर कोड स्क्यान गरी बस भाडा तिर्न सक्नेछन् । बसमा चढ्दा र ओर्लँदा कार्ड ट्याप गर्ने वा मोबाइल एप प्रयोग गरेर सहज रूपमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

फिनटेक इन्टरनेशनल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठका अनुसार यो सेवा नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । यसले नगदरहित भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्नुका साथै सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।

चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठका अनुसार संस्थाका सदस्यहरूले यस सेवामार्फत बस भाडामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै, यात्रा कार्ड प्रयोग गरी युटिलिटी बिलहरू समेत भुक्तानी गर्न सकिने सुविधा उपलब्ध गराइएको बताउनुभयो ।

यस पहलले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पारदर्शिता अभिवृद्धि तथा यात्रुहरूलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप