थानकोट स्थित  ध्रुवलक्ष्मी साकोस र नेफ्स्कूनबीच स्क्यान सम्झौता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
थानकोट स्थित  ध्रुवलक्ष्मी साकोस र नेफ्स्कूनबीच स्क्यान  सम्झौता सम्पन्न

काठमाडौ ।  नेफ्स्कून सदस्य सेवा कार्यालय कलंकी अन्तर्गत रहेको ध्रुवलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.  नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा चैत्र २४ गते कार्यान्वयनका लागि सम्झौता सम्पन्न भएको छ ।   

नेफ्स्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रम  जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्वसमा   अभ्यासरत रहेको यस साकोसले संस्थाको आन्तरिक तथा बाह्य जोखिम व्यवस्थापन, सदस्य संरक्षण, वित्तिय स्वस्थता, नियामकीय व्यवस्थामा भएका परिवर्तन बमोजिम अद्यावधिक गर्दै सुरक्षित संस्था निर्माणमा सुपरिवेक्षणको आवश्यकता महसुस गर्दै स्क्यान अन्तर्गत प्रोवेसन कार्यक्रममा आवद्ध भएको हो ।

नेफ्स्कूनद्धारा सदस्य संस्थाको आन्तरिक तथा बाह्य जोखिम न्युनीकरणमा सहयोग गर्ने तथा सुशासन प्रर्वद्धन र सुरक्षित तथा व्यवसायिक संस्था निर्माणमा सहयोग गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) अन्तर्गत सुपरिवेक्षणका साथै प्रोवेसन कार्यक्रममा आवद्धताका लागि नेफ्स्कून र साकोस बीच सम्झौता सम्पन्न भएको हो । 

स्क्यानका सूचकमा आधारित रही नियामकीय प्रतिवेदन, कानुनी जोखिमको अवस्था, वित्तिय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका क्षेत्रमा यस कार्यक्रमबाट आवश्यक सुपरिवेक्षण सहित संस्थाका व्यवसायिकता र स्तर बृद्धिका लागि कर्वसका सूचकमा विगत देखि नै अभ्यास हुदै आएकोमा आगामी दिनमा प्रोवेसनका ५० सूचकमा अभ्यास गर्दै अझ मजवुत संस्था निर्माणमा यस कार्यक्रमबाट सहयोग पुग्ने अपेक्षा रहेको व्यवस्थापक दिलु गुरुंग ले बताउनु भयो  ।  
 
स्क्यान सम्झौताका क्रममा संस्थाका अध्यक्ष गोविन्द बहादुर बुढाथोकीले स्तरीकरण कार्यक्रममा आवद्ध भइ संस्थाको सुशासन कायम गर्न, वित्तीय सूचक सुधार गर्न, नियामकीय व्यवस्थाबमेजिमा आन्तरिक कार्यविधिहरु अद्यावधिक गर्न, नवीनतम अभ्यासहरु कार्यान्वयन गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुग्ने तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । हालसम्म संस्था सुधारमा नियमित मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने बताउनु भयो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली, साकोसका व्यवस्थापक दिलु गुरुंग तथा सह व्यवस्थापक ललिता चुँदालीको रोहवरमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र साकोसका अध्यक्ष गोविन्द बहादुर बुढाथोकीकोे हस्ताक्षरमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप