महिला कृषकहरू निर्वाहमुखीबाट व्यावसायिक बन्ने प्रयासमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला कृषकहरू निर्वाहमुखीबाट व्यावसायिक बन्ने प्रयासमा

गैंडाकोट, नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्था लि. गैडाकोटको आयोजना तथा नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफस्कून) को प्राविधिक सहजीकरण र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोगमा कृषक व्यवसाय खेल तालिम गैडाकोटमा वैशाख २० गते सम्पन्न भएको छ । 

३५ जना महिला कृषकहरुका लागि वैशाख १८ गतेबाट सञ्चालन भएको तालिम एक विशेष समारोहका बीच समापन भएको छ । संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । तालिमको मुख्य उद्देश्य परम्परागत कृषि प्रणालीमा अभ्यस्त कृषकहरूलाई आधुनिक र व्यावसायिक पद्धतितर्फ रूपान्तरण गर्नु रहेको थियो । 

तिन दिनसम्म चलेको उक्त सघन तालिममा सहभागीहरूले ’खेल’ र ’अभ्यास’ का माध्यमबाट व्यवसाय गर्दा आइपर्ने व्यावहारिक चुनौती र त्यसको समाधानका उपायहरूबारे गहन ज्ञान हासिल गरेका छन् । विशेषगरी बाली तथा पशुपालनको सही छनौट, उत्पादनका क्रममा हुनसक्ने मौसमी जोखिमको व्यवस्थापन, र वित्तीय औजारहरूको सही सदुपयोग जस्ता विषयमा कृषकहरूलाई दक्ष बनाइएको छ । 

नेफ्स्कून अधिकृत तथा तालिमका प्रशिक्षक रिता सुवेदी र यमकला सुवेदीले सहभागीहरूलाई बचत, ऋण र कृषि बीमाका माध्यमबाट भविष्यमा आउन सक्ने वित्तीय संकटलाई कसरी व्यवस्थापन गर्ने र बजारको मागअनुसार ग्राहकसँगको सम्बन्ध कसरी विस्तार गर्ने भन्नेबारे प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।

समापनका अवसरमा आफ्नो अनुभव साझा गर्दै सहभागी कृषक सदस्यहरू दुर्गा कंडेल लामिछाने र निर्मला गिरि ले तालिम अत्यन्तै जीवनोपयोगी रहेको बताउनुभयो । “पहिले हामीले खेतीलाई केवल जीविकोपार्जनको माध्यम मात्र ठानेका थियौं, तर यो तालिमले हामीलाई व्यावसायिक योजना निर्माण, आय–व्ययको सन्तुलन र सम्भावित जोखिमको पूर्वतयारी गर्न सिकाएको कुरा व्यक्त गर्नुभयो । हामीमा कृषिबाटै सफल उद्यमी बन्न सकिन्छ भन्ने पूर्ण आत्मविश्वास पलाएको छ ।“ यस्तो प्रभावकारी र सीपमूलक कार्यक्रम आयोजना गरेकोमा विकू सहकारीप्रति विशेष आभार समेत प्रकट गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष कालिदास गौडेल, प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल र मानवीय स्रोत व्यवस्थापन विभाग प्रमुख मदन सापकोटा तथा व्यावसाय विकास विभाग प्रमुख हरिराम अम्बैको उपस्थिति रहेको थियो । सहभागी कृषकहरूलाई सहभागीताको प्रमाणपत्र वितरण गरिनुका साथै तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने कृषक समूहलाई पुरस्कृत समेत गरिएको थियो ।  विकू साकोसले आगामी दिनमा पनि आफ्ना सदस्यहरूको आर्थिक सबलीकरणका लागि यस्ता प्राविधिक र व्यावसायिक कार्यक्रमहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप