झापामा ऋण असुली तथा धितो लिलामी कार्यविधि निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा ऋण असुली तथा धितो लिलामी कार्यविधि निर्माण कार्यशाला सम्पन्न

झापा । नेफ्स्कून झापा सदस्य सेवा कार्यालयको आयोजनामा २ दिवसीय ऋण असुली तथा धितो लिलामी कार्यविधि निर्माण कार्यशाला वैशाख २३ गते सम्पन्न भएको छ । 

झापा र मोरङका २१ वटा साकोसबाट २३ जनाको सहभागिता रहेको कार्यशालाको शुरुवात सूर्य साकोसका उपाध्यक्ष नारदमणी नेपालले व्यानर वाचन गरी गर्नु भएको थियो ।

सहकारीमा ऋण असुली तथा धितो लिलामीको प्रकृया सम्बन्धी  कार्यविधि निर्माण साकोसको एक महत्वपूर्ण विषय भएकोले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा कार्यान्वयन गरेमा ऋण व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ । कार्यशालाको मुख्य उद्देश्य ऋण असुली सम्बन्धी कानूनी ज्ञान अभिवृद्धि गर्न सही प्रक्रिया अपनाएर ऋण असुली गर्ने क्षमता विकास गर्नु तथा धितो लिलामी र कानूनी कारबाहीलाई प्रभावकारी, पारदर्शी र न्यायसंगत बनाउनु रहेको छ । यस्ता कार्यशालाहरू सञ्चालन हुँदै आएका छन र आगामी दिनमा पनि निरन्तर सञ्चालन भइरहने छन ।  जसले सहकारी तथा वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

वित्तीय अनुशासन कायम राख्न तथा संस्थामा बढ्दो खराब कर्जा न्यूनीकरण गर्न ऋण असुली प्रक्रिया महत्वपूर्ण रहेको छ । यस कार्यशालाले सहभागीहरूलाई विद्यमान कानूनी व्यवस्था, प्रक्रिया र व्यवहारिक पक्षबारे स्पष्ट ज्ञान प्रदान गरी कानून सम्मत ढंगले ऋण असुली गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, अनावश्यक कानूनी विवाद घटाउन र संस्थागत जोखिम व्यवस्थापन सुदृढ गर्न कार्यशाला उपयोगी हुने विश्वास लिइएको छ ।

कार्यशाला फलदायी एबं कार्यबिधी निर्माणमा सहजता प्रदान गर्न सकिने भएको सहभागीहरूको राय थियो । सहभागिहरुको तर्फबाट दएभरेष्ट साकोसका सेवा केन्द्र प्रमुख देवीप्रसाद चुडाल र नारी चेतना साकोसका संचालक सदस्य शान्ता लुइटेलले पृष्ठपोषण गर्नु भएको थियो भने सहभागीहरूलाई सहजकर्ताद्वारा प्रमाणपत्र वितरण गरी मनकामना साकोसका कोषाध्यक्ष कमलबहादुर भट्टराईले कार्यशाला समापन गर्नु भएको थियो  ।

संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले सहजीकरण गर्नु भएको कार्यशालाको सञ्चालन झापा सदस्य सेवा कार्यालयका इन्चार्ज पवन घिमिरेले गर्नु भएको थियो भने व्यवस्थापन गणेश भण्डारीले गर्नु भएको थियो ।

उक्त कार्यशालाका सहभागिहरुलाई स्क्यान कार्यक्रमको बारे जानकारी कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई ले गराउदै सबै सहभागिहरुले ईमेल मार्फत उपलब्ध स्क्यानका जानकारीमूलक सामाग्री अध्यायन गरी निणर्य प्रकृयामा लानुहुन साथै थप जानकारील लिनु तथा साझा बुझाइ बनाउनु पर्ने भएमा आगामि संचालक समितिको बैठकमा हामीसमेत उपस्थित भएर छलफल गर्ने गरी तयारी गर्नु हन समेत अनुरोध गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप