राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश नेतृत्वमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल विजय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश नेतृत्वमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल विजय

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा सहकारी अभियन्ता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निवर्तमान अध्यक्ष परितोष पौड्याल निर्वाचित हुनुभएको छ । 

शनिबार सम्पन्न निर्वाचनमा उहाँले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । 

निर्वाचन परिणामअनुसार पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १ हजार ५५२ मत प्राप्त गर्नुभएको थियो । 
सहकारी क्षेत्रको नेतृत्व, संस्थागत अनुभव र राष्ट्रियस्तरको नेटवर्कका कारण पौड्यालले बहुप्रदेशीय समर्थन प्राप्त गरेको विश्लेषण गरिएको छ ।

मतपरिणाम हेर्दा पौड्यालले बागमती प्रदेशबाट सर्वाधिक ५८५ मत प्राप्त गर्नुभएको गर्नुभएको छ । त्यसैगरी कोशीबाट ३४४, गण्डकीबाट ३२४, लुम्बिनीबाट २५३, मधेसबाट १४२, कर्णालीबाट १०७ तथा सुदूरपश्चिमबाट ७२ मत प्राप्त गर्नुभएको थियो ।  

यसले उहाँको प्रभाव केवल एक प्रदेशमा सीमित नभई राष्ट्रिय सहकारी वृत्तमै स्थापित रहेको संकेत गरेको सहकारीकर्मीहरूको भनाइ छ ।

राष्ट्रिय सहकारी बैंकको प्रदेश नेतृत्वका लागि सम्पन्न निर्वाचनमा कुल ३ हजार ३९४ मत खसेको थियो, जुन कुल मतदाताको ३९ दशमलव ११ प्रतिशत सहभागिता हो । निर्वाचनमा ८ हजार ६७९ मतदाता रहेका थिए ।

उहाँले नेपालको बचत तथा ऋण सहकारी अभियानको छाता संगठन नेफ्स्कूनको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । उहाँको नेतृत्वकालमा सहकारी संस्थाहरूको सुदृढीकरण, वित्तीय अनुशासन, गुणस्तर मापन प्रणाली तथा सहकारी शिक्षाको विस्तारमा उल्लेखनीय पहलहरू अघि बढेका थिए ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप