राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश नेतृत्वमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल विजय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश नेतृत्वमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल विजय

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा सहकारी अभियन्ता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निवर्तमान अध्यक्ष परितोष पौड्याल निर्वाचित हुनुभएको छ । 

शनिबार सम्पन्न निर्वाचनमा उहाँले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । 

निर्वाचन परिणामअनुसार पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १ हजार ५५२ मत प्राप्त गर्नुभएको थियो । 
सहकारी क्षेत्रको नेतृत्व, संस्थागत अनुभव र राष्ट्रियस्तरको नेटवर्कका कारण पौड्यालले बहुप्रदेशीय समर्थन प्राप्त गरेको विश्लेषण गरिएको छ ।

मतपरिणाम हेर्दा पौड्यालले बागमती प्रदेशबाट सर्वाधिक ५८५ मत प्राप्त गर्नुभएको गर्नुभएको छ । त्यसैगरी कोशीबाट ३४४, गण्डकीबाट ३२४, लुम्बिनीबाट २५३, मधेसबाट १४२, कर्णालीबाट १०७ तथा सुदूरपश्चिमबाट ७२ मत प्राप्त गर्नुभएको थियो ।  

यसले उहाँको प्रभाव केवल एक प्रदेशमा सीमित नभई राष्ट्रिय सहकारी वृत्तमै स्थापित रहेको संकेत गरेको सहकारीकर्मीहरूको भनाइ छ ।

राष्ट्रिय सहकारी बैंकको प्रदेश नेतृत्वका लागि सम्पन्न निर्वाचनमा कुल ३ हजार ३९४ मत खसेको थियो, जुन कुल मतदाताको ३९ दशमलव ११ प्रतिशत सहभागिता हो । निर्वाचनमा ८ हजार ६७९ मतदाता रहेका थिए ।

उहाँले नेपालको बचत तथा ऋण सहकारी अभियानको छाता संगठन नेफ्स्कूनको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । उहाँको नेतृत्वकालमा सहकारी संस्थाहरूको सुदृढीकरण, वित्तीय अनुशासन, गुणस्तर मापन प्रणाली तथा सहकारी शिक्षाको विस्तारमा उल्लेखनीय पहलहरू अघि बढेका थिए ।

भर्खरै
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ घण्टा अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६३ दिन अगाडि

पाठकबाट थप