साकोस बाहेकका सहकारीहरुको लागि नेफ्स्कूनको विशिष्टिकृत तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस बाहेकका सहकारीहरुको लागि नेफ्स्कूनको विशिष्टिकृत तालिम

कञ्चनपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्नो प्राविधिक सहजीकरण र क्षमता विकास कार्यक्रमलाई बचत तथा ऋण सहकारी संस्थामा मात्र सीमित नराखी साकोस बाहेकका सहकारीहरुको लागि नेफ्स्कूनले विशिष्टिकृत तालिम विस्तार गर्न थालेको छ । 

यसैक्रममा कञ्चनपुरको महेन्द्रनगर स्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारी, सञ्चालक तथा कर्मचारी लक्षित “कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम” जेष्ठ १० गते सम्पन्न भएको छ ।

संस्थाको आयोजनामा सम्पन्न दुईदिने तालिम कार्यक्रम जेठ ९ र १० गते सञ्चालन भएको थियो । सहकारी संस्थामा कर्जा लगानीको प्रभावकारी व्यवस्थापन, जोखिम न्यूनीकरण, असुली प्रक्रियाको व्यावसायिक अभ्यास तथा सदस्य–केन्द्रित वित्तीय अनुशासन विकास गर्ने उद्देश्यसहित तालिम आयोजना गरेको उदयदेव बहुउद्देश्यीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले  जनाउनु भएको छ ।

तालिमको प्रशिक्षण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । उहाँले सहकारीमा कर्जा प्रवाह केवल रकम वितरणको विषय मात्र नभई सदस्यको क्षमता, व्यवसाय, भुक्तानी अनुशासन र संस्थागत सुशासनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो । सहकारी संस्थाले लगानी सुरक्षालाई प्राथमिकतामा राख्दैँ सदस्यको आर्थिक उन्नयनलाई केन्द्रमा राख्नुपर्ने उहाँको जोड थियो ।

संस्थाका ११ वटा सेवा केन्द्रका प्रमुखहरु र ऋण सहायक गरी २५ जनाको सहभागीता रहेको तालिममा सहकारी बैंकिङ प्रक्रियामा आवश्यक कागजात व्यवस्थापन, सदस्यता फाराम, ऋण आवेदन, धितो मूल्यांकन, आम्दानी स्रोत प्रमाणीकरण, व्यवसाय दर्ता, घरनक्सा, जग्गाधनी प्रमाण, असुली रणनीति तथा कानुनी पक्षलगायत विषयमा व्यावहारिक प्रशिक्षण भएको थियो । सहभागीहरूलाई कर्जा प्रवाहअघि आवश्यक पर्ने कागजात र जोखिम मूल्यांकनका आधारबारे समेत जानकारी गराइएको थियो । सहभागीहरुले तालिममा सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेफ्स्कूनले वित्तीय कारोबार गर्ने सबै सहकारीहरुको लागि तालिम, प्रशिक्षण तथा अन्य प्राविधिक सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप