साकोस बाहेकका सहकारीहरुको लागि नेफ्स्कूनको विशिष्टिकृत तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस बाहेकका सहकारीहरुको लागि नेफ्स्कूनको विशिष्टिकृत तालिम

कञ्चनपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्नो प्राविधिक सहजीकरण र क्षमता विकास कार्यक्रमलाई बचत तथा ऋण सहकारी संस्थामा मात्र सीमित नराखी साकोस बाहेकका सहकारीहरुको लागि नेफ्स्कूनले विशिष्टिकृत तालिम विस्तार गर्न थालेको छ । 

यसैक्रममा कञ्चनपुरको महेन्द्रनगर स्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारी, सञ्चालक तथा कर्मचारी लक्षित “कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम” जेष्ठ १० गते सम्पन्न भएको छ ।

संस्थाको आयोजनामा सम्पन्न दुईदिने तालिम कार्यक्रम जेठ ९ र १० गते सञ्चालन भएको थियो । सहकारी संस्थामा कर्जा लगानीको प्रभावकारी व्यवस्थापन, जोखिम न्यूनीकरण, असुली प्रक्रियाको व्यावसायिक अभ्यास तथा सदस्य–केन्द्रित वित्तीय अनुशासन विकास गर्ने उद्देश्यसहित तालिम आयोजना गरेको उदयदेव बहुउद्देश्यीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले  जनाउनु भएको छ ।

तालिमको प्रशिक्षण नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । उहाँले सहकारीमा कर्जा प्रवाह केवल रकम वितरणको विषय मात्र नभई सदस्यको क्षमता, व्यवसाय, भुक्तानी अनुशासन र संस्थागत सुशासनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो । सहकारी संस्थाले लगानी सुरक्षालाई प्राथमिकतामा राख्दैँ सदस्यको आर्थिक उन्नयनलाई केन्द्रमा राख्नुपर्ने उहाँको जोड थियो ।

संस्थाका ११ वटा सेवा केन्द्रका प्रमुखहरु र ऋण सहायक गरी २५ जनाको सहभागीता रहेको तालिममा सहकारी बैंकिङ प्रक्रियामा आवश्यक कागजात व्यवस्थापन, सदस्यता फाराम, ऋण आवेदन, धितो मूल्यांकन, आम्दानी स्रोत प्रमाणीकरण, व्यवसाय दर्ता, घरनक्सा, जग्गाधनी प्रमाण, असुली रणनीति तथा कानुनी पक्षलगायत विषयमा व्यावहारिक प्रशिक्षण भएको थियो । सहभागीहरूलाई कर्जा प्रवाहअघि आवश्यक पर्ने कागजात र जोखिम मूल्यांकनका आधारबारे समेत जानकारी गराइएको थियो । सहभागीहरुले तालिममा सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेफ्स्कूनले वित्तीय कारोबार गर्ने सबै सहकारीहरुको लागि तालिम, प्रशिक्षण तथा अन्य प्राविधिक सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।

भर्खरै
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

४ घण्टा अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

३ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६३ दिन अगाडि

पाठकबाट थप