अघिल्लो समाचार

Notice
१४२ दिन अगाडि
सिमरामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिमरामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सञ्चालन

सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला जेष्ठ १३ गते सिमरामा सम्पन्न भएको छ । 

कार्यशालाको उद्घाटन नेफ्स्कूनका सञ्चालक शोभा राउतले गर्नुभएको थियो भने नेफ्स्कून पूर्व सञ्चालक देवकी नेपालको आतिथ्यता रहेको थियो ।  बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा रौतहट, बारा र पर्सा जिल्लाका २४ वटा सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापक उच्च व्यवस्थापन तथा कर्मचारी गरी ५३ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा सहभागीहरूले सहकारी संस्थामा देखिन सक्ने सम्भावित जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका उपायहरू तथा दिगो व्यवस्थापन प्रणाली विकास सम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए । साथै, स्क्यान कार्यक्रमका सूचकहरू तथा जोखिममा आधारित सुपरिवेक्षण प्रणालीबारे समेत गहन समीक्षा गरिएको थियो ।

नेफ्स्कूनका कानूनी सल्लाहकार शिव अधिकारीले ऋण लगानी गर्दा सुरुवाती चरणमै बलियो र कानुनी रूपमा सुरक्षित कागजातहरू कसरी तयार पार्ने, ऋण असुलीका लागि विद्यमान कानुनी आधारहरू के–के हुन् र वित्तीय अनुशासन कायम राख्न कर्जा सूचना केन्द्र एवं कर्जा असुली न्यायाधिकरणको भूमिका कस्तो रहन्छ भन्ने विषयमा सहभागीहरूलाई स्पष्ट पार्नुभएको थियो । यसका साथै संस्थागत तहमा ऋण जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने विभिन्न सुरक्षात्मक उपायहरूका बारेमा समेत उहाँले विशेष जोड दिनुभयो ।

। सहकारी संघ तथा नियामक निकायमा नियमित रूपमा पेश गर्नुपर्ने विवरण, प्रतिवेदन तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो । तरलता व्यवस्थापन योजना, सम्भावित वित्तीय संकटबाट बच्ने रणनीति, संस्थागत स्थायित्व कायम गर्ने उपाय तथा सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको थियो ।

सहभागीहरूले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूले सहकारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित तथा उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्दै कार्यशालाबाट प्राप्त सिकाइ तथा अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश बरालले गर्नुभएको थियो भने नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालयका बरिष्ठ सहायक  दिपेन्द्र साहले कार्यशालाको समग्र व्यवस्थापन गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप