सहकारी सुशासन सुदृढीकरणका लागि मेचीनगर साकोसमा नेफ्स्कूनको सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सुशासन सुदृढीकरणका लागि मेचीनगर साकोसमा नेफ्स्कूनको सुपरिवेक्षण

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।

नेफ्स्कूनले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य हित सुनिश्चित गर्ने उद्देश्यले असार १ र २ गते मेचीनगर साकोसमा स्थलगत निरीक्षण तथा सुपरिवेक्षण गरेको हो । सुपरिवेक्षण संस्थामा कार्यान्वयन भइरहेको स्क्यान (SCAN) र प्रोबेसन (PROBATION) कार्यक्रम कार्यान्वयनको सन्दर्भमा गरिएको हो ।

धुलाबारी स्थित मुख्य कार्यालय तथा संस्थाको समग्र वित्तीय तथा व्यवस्थापकीय अवस्थाको अध्ययनका क्रममा बचत, ऋण, लेखापरीक्षण, लगानी, आर्थिक कारोबार, सदस्य सेवा–सुविधा, लाभांश वितरण तथा समावेशी सहभागिताका विषयमा समीक्षा गरिएको थियो । 

साथै, संस्थाभित्र रहेका सम्भावित जोखिम, व्यवस्थापकीय सुधारका क्षेत्र तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको प्रयोगबारे समेत मूल्यांकन गरिएको छ ।

झण्डै ६ हजार सदस्यको सहभागिता रहेको मेचीनगर साकोसले चार सेवा केन्द्रमार्फत करिब ६७ करोड रुपैयाँ बराबरको सम्पत्ति परिचालन गर्दै सदस्यहरूको वित्तीय आवश्यकता पूर्ति गर्दै आएको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र प्राविधिक सहजकर्ता मिलन कोइरालाद्धारा भएको सुपरिवेक्षणमा मेचीनगर साकोसका सञ्चालक समिति, ऋण उपसमिति, उच्च व्यवस्थापन तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सुपरिवेक्षणका क्रममा विनियम, नीति तथा आन्तरिक कार्यविधिको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीति, नियामकीय निकायका निर्देशनहरूको पालना, भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात तथा संस्थाको समग्र वित्तीय अवस्थाबारे छलफल गरिएको थियो ।

सुपरिवेक्षणपछि प्राप्त सुझावहरूलाई संस्थागत सुधारको आधारका रूपमा ग्रहण गर्दै आगामी सञ्चालक समिति बैठकमा विस्तृत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय साकोसले गरेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप