सुशासन र जोखिम न्यूनीकरणका लागि प्रेरणा साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र जोखिम न्यूनीकरणका लागि प्रेरणा साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण 

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा असार २ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना प्रर्बद्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत साकोसमा प्रोवेसनसम्बन्धी सूचकहरूमा केन्द्रित रही स्थलगत सुपरिवेक्षण गरिएको हो ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो । आन्तरिक कार्यविधि अद्यावधिक अवस्था, सदस्यमैत्री उत्पादन तथा सेवाहरू, आवधिक योजना, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी पर्याप्तता अनुपात, सूचना प्रविधि व्यवस्थापन, वित्तीय स्रोतको प्राप्ति तथा परिचालन, सेवा कार्यालय सञ्चालन व्यवस्थापन लगायतका विषयहरू समेटिएका थिए ।

त्यसैगरी, संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन, साथै प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीप राज ढकालद्वारा सम्पन्न उक्त सुपरिवेक्षणमा संस्थाका समिति तथा व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको तथा छलफल बैठक मार्फत सुधार योजना तय भएको छ । छलफलका क्रममा प्राप्त सुझावहरू यथासम्भव कार्यान्वयन गर्ने प्रतिबद्धता संस्थाका अध्यक्ष श्रीकान्त बरालले व्यक्त गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप