विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

नवलपरासी । बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस (ACCESS) ब्रान्डिङ अन्तर्गत प्राविधिक मुख्य सूचकहरूमाथि केन्द्रित रही सघन विकू  बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपुरमा स्थलगत सुपरिवेक्षण तथा प्रतिवेदन समीक्षा असार १६ गते सम्पन्न भएको छ । 

नेफ्स्कून का वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेद्वारा भएको स्थलगत अन्वेषणका क्रममा संस्थागत सुशासन, प्रविधि सुरक्षा, कानुनी परिपालना र आन्तरिक नियन्त्रण प्रणालीका मुख्य मापदण्डहरूमाथि गहन समीक्षा गरिएको थियो । 

सुपरिवेक्षण पछिको प्रतिवेदन छलफलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, सहायक कार्यकारी अधिकृत गोबिन्द सुवेदी, वित्त विभाग प्रमुख सुमन न्यौपाने, व्यवसाय विकास विभाग प्रमुख हरिराम अम्बै, सूचना प्रविधि विभागका संकेत कंडेलको सहभागिता रहेको थियो । यस अवसरमा स्थलगत सुपरिवेक्षणका सूचकहरूले आगामी वर्षको नीति तथा कार्यक्रम तय गर्न र संस्थाको प्राविधिक सुदृढीकरणमा खेल्ने भूमिकाका विषयमा व्यवस्थापनमा  साझा बुझाइ कायम गरिएको थियो ।

एक्सेस सुपरिवेक्षणका क्रममा मुख्य गरी सहकारीको गुणात्मक विकासका लागि तय गरिएका स्थापित सूचकहरू तथा सिकाइ एवं वृद्धि, वित्तीय दृष्टिकोण र सफ्टवेयर सुरक्षा, अन्तर्गत विभिन्न नीतिगत तथा व्यावहारिक विषयहरूमा विस्तृत विमर्श भएको छ । छलफलका क्रममा  प्रणालीगत प्रतिवेदन क्षमतालाई बलियो बनाउन राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्ने, मोबाइल बैंकिङमा सिम बाहक प्रमाणीकरण (Sim Owner Verification) प्रणालीलाई कार्यान्वयन गर्दै लैजाने तथा पारिवारिक विवरण (Family Tree)  लाई अद्यावधिक गर्ने सूचकहरुमा छलफल भएको थियो । 

भर्खरै
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१७ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१७ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५८ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४६ दिन अगाडि

पाठकबाट थप