२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

वीरेन्द्रनगर । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) का अवसरमा स्मारिका विमोचन, सदस्य तथा योगदानकर्ताको सम्मान र संस्थाको २५ वर्षे यात्राको डकुमेन्ट्री सार्वजनिक गर्दै विशेष समारोह सोमबार सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बमबहादुर बि.सी.को अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक कालिप्रसाद महतरा, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार खिमानन्द अर्याल, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, नेफ्स्कून तथा सुर्खेत जिल्लाका विभिन्न बहुउद्देश्यीय सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार, कर्मचारी तथा संस्थाका मेरुदण्डका रूपमा रहेका शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

प्रमुख अतिथि मन्त्री शाहले सहकारी संस्थाहरूले सदस्यको हितलाई केन्द्रमा राख्दै पारदर्शी, उत्तरदायी र विश्वसनीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।  वीरेन्द्रनगर साकोसले अभ्यास गर्दै आएको सुशासन र संस्थागत अनुशासन अन्य सहकारीका लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ थियो ।

रजत जयन्तीका अवसरमा संस्थाले संस्थापक अध्यक्ष देवकिरण बुढा, पूर्व अध्यक्ष कृष्णबहादुर खड्का, पूर्व उपाध्यक्ष कालिप्रसाद नेपाली, पूर्व सञ्चालक बसन्ता भण्डारी, मुख्य सल्लाहकार विष्णुबहादुर खड्का, एकीकरणमा सहभागी संस्थाका तत्कालीन अध्यक्षहरू, प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा तथा १४ जना कर्मचारीलाई विभिन्न सम्मान प्रदान गरेको छ । विभिन्न विधामा छनोट भएका ४३० जना सदस्यलाई आगामी वार्षिक साधारणसभामा सम्मान गरिने जानकारी पनि दिइएको छ ।

समारोहको समापन गर्दै अध्यक्ष बमबहादुर बि.सी.ले संस्थाको सफलताको आधार सदस्यहरूको विश्वास, संस्थापकहरूको दूरदृष्टि, पूर्वपदाधिकारी, कर्मचारी तथा शुभेच्छुकहरूको निरन्तर योगदान रहेको बताउनुभयो । उहाँले संस्थाले २०६३ सालदेखि रणनीतिक योजनाअनुसार गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा आधुनिक प्रविधि, सुशासन र सदस्यमैत्री सेवामार्फत संस्थालाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सहकारीहरूबीच सहकार्यको अभियानलाई संस्थाले प्राथमिकता दिँदै १५० भन्दा बढी सहकारीसँग भाइचारा सम्बन्ध स्थापना गरेको र आठ संस्थाको सफल एकीकरण सम्पन्न भएको जानकारी गराउँदै सहकारी क्षेत्रको विश्वसनीयता जोगाउन सबै संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थाको २५ वर्षे इतिहास, उपलब्धि, सेवा विस्तार र विकास यात्रालाई समेटिएको ‘२५ वर्षे स्मृति सङ्गालो’ स्मारिकाको विमोचन गरिनुका साथै सोही अवधिको यात्रा चित्रण गरिएको भिडियो डकुमेन्ट्री पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले वीरेन्द्रनगर साकोसले सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवामार्फत कर्णाली प्रदेशकै अग्रणी सहकारीका रूपमा पहिचान स्थापित गरेको बताएका थिए । पछिल्लो समय केही सहकारी संस्थामा देखिएका समस्याका कारण सहकारी क्षेत्रप्रतिको विश्वास प्रभावित भएको अवस्थामा यस्ता जिम्मेवार संस्थाले सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको उहाँहरूको भनाइ थियो ।

कार्यक्रम सञ्चालन साकोसका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले गर्नुभएको थियो । संस्थामा २५ वर्षदेखि निरन्तर सेवा गर्दै आउनुभएका थापालाई संस्थाको संरक्षण, विकास र सुदृढीकरणमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप रजत सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप