स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

दोलखा । वैतेश्वर गाउँपालिका–५, दोलखा स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण असार १८ गते सम्पन्न गरेको छ । 

सहकारी संस्थाको वित्तीय अवस्था, सुशासन, जोखिम व्यवस्थापन तथा सदस्यमुखी सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले उक्त सुपरिवेक्षण गरिएको हो ।

नेफ्स्कूनले सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व, वित्तीय अनुशासन तथा सदस्यहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम मार्फत संस्थाहरूको वर्तमान अवस्था विश्लेषण गरी सम्भावित जोखिम पहिचान गर्ने र सुधारका लागि व्यावहारिक सुझाव प्रदान गर्ने गरिन्छ ।

सुपरिवेक्षणका क्रममा बचत, ऋण, लगानी, लेखापरीक्षण, तरलता व्यवस्थापन, वित्तीय कारोबार, आन्तरिक नियन्त्रण प्रणाली, सदस्यले प्राप्त गरिरहेका सेवा–सुविधा, भाखा नाघेको ऋणको अवस्था तथा कानुनी असुली प्रक्रियाका विषयमा विस्तृत अध्ययन गरिएको थियो । साथै संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व, सदस्य सहभागिता, जोखिम व्यवस्थापन प्रणाली तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको प्रयोगसमेत मूल्याङ्कन गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदीले संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको उपस्थितिमा असार १७ र १८ गते दुई दिनसम्म भएको स्थलगत सुपरिवेक्षणमा विनियम, नीति तथा आन्तरिक कार्यविधिको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT)  सम्बन्धी व्यवस्था, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेको ऋण व्यवस्थापन, पूँजी पर्याप्तता अनुपात (CAR) तथा संस्थाको समग्र वित्तीय अवस्थाबारे छलफल भएको साकोस आवाजलाई जानकारी दिनुभयो ।

सुपरिवेक्षणबाट प्राप्त निष्कर्षका आधारमा संस्थालाई व्यवस्थापकीय, वित्तीय तथा सञ्चालन सुधारका लागि आवश्यक सुझाव प्रदान गरिएको छ । उक्त सुझावहरू आगामी सञ्चालक समितिको बैठकमा छलफल गरी प्राथमिकताका आधारमा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता संस्थाको नेतृत्वले गरेको छ ।

नेफ्स्कूनको यस्ता सुपरिवेक्षण कार्यक्रमले सहकारी संस्थाहरूमा सुशासन प्रर्बद्धन, वित्तीय अनुशासन कायम, जोखिम न्यूनीकरण तथा सदस्यप्रतिको उत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप