प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित स्क्यान कार्यक्रम अन्तर्गत जुम्री बाँहाजोरी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठानमा असार २३ गते स्थलगत सुपरीवेक्षण सम्पन्न भएको छ । 

संस्थाको सञ्चालक समिति तथा व्यवस्थापनको सहभागितामा सम्पन्न सुपरीवेक्षणमा संस्थाको सुशासन, जोखिम व्यवस्थापन प्रणाली, वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, बचत तथा ऋण व्यवस्थापन, अभिलेख तथा दस्तावेज व्यवस्थापन, नीतिगत व्यवस्था तथा स्क्यान कार्यक्रमका विभिन्न सूचकहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा गरिएको थियो ।

सुपरीवेक्षणका क्रममा संस्थाका सबल पक्षहरूको पहिचान गर्दै थप सुदृढीकरण गर्नुपर्ने क्षेत्रहरूबारे आवश्यक सुझाव तथा प्राविधिक परामर्श प्रदान गरिएको थियो । साथै, संस्थागत सुशासन अभिवृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा सदस्यमुखी सेवाको गुणस्तर वृद्धि गर्न सुधारात्मक कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिइएको थियो । 

स्थलगत सुपरीवेक्षण नेफ्स्कून कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सहजीकरण गर्नुभएको थियो । सुपरीवेक्षणबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै संस्थालाई थप पारदर्शी, उत्तरदायी तथा सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता संस्थाका सञ्चालक समिति तथा व्यवस्थापनले व्यक्त गरेका छन् । 

नेफ्स्कूनद्वारा सञ्चालन हुँदै आएको स्क्यान कार्यक्रमले सदस्य संस्थाहरूमा सुशासन प्रर्बद्धन, जोखिम न्यूनीकरण, वित्तीय अनुशासन तथा संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप