सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी  तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सहकारीमा कृत्रिम बुद्धिमता (Artificial Intlleigence) सम्बन्धी दुई दिने  तालिम बुधबार सम्पन्न गरेको छ । 

भाद्र १६ र १७ गते दुई दिनसम्म सञ्चालन गरिएको यो तालिम नेफ्स्कूनले एआई प्रविधिसँग सम्बन्धित केन्द्रीय कार्यालयको हलमा भएको पहिलो तालिम हो । कार्यक्रमले सहकारी क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको सम्भावना, प्रयोग र जिम्मेवार अभ्यासबारे सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरेको थियो । कार्यक्रममा एआई को प्रयोगले पत्राचार, प्रतिवेदन तथा कार्ययोजना तयार गर्ने, बैठकका निर्णयहरूको सारांश बनाउने, नीति तथा कार्यविधिको मस्यौदा तयार गर्न सहयोग गर्ने, ग्राहक सेवामा सुधार ल्याउने, सामग्री अनुवाद गर्ने, सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने तथा डेटा विश्लेषणमा सहयोग पु¥याउने जस्ता कार्यलाई अझ छिटो, सहज र प्रभावकारी बनाउन सक्ने विषयमा व्यावहारिक उदाहरण प्रस्तुत गरिएको थियो ।

विश्वभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई नेपालको सहकारी क्षेत्रमा कसरी जोड्न सकिन्छ र यसबाट सहकारी संस्थाहरूले कसरी अधिकतम लाभ लिन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर उक्त तालिम सञ्चालन गरिएको थियो । कार्यक्रममा देशभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारी गरी ३० जनाभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले परम्परागत कार्यशैलिबाट एआई आधारित उत्पादकत्वसम्म आजको कार्यस्थलमा प्रविधि केवल कामलाई सजिलो बनाउने माध्यम मात्र नभएर काम गर्ने तरिकालाई नै रुपान्तरण गर्ने शक्ति बनेकाले कम समय, कम स्रोत, र कम श्रम प्रयोग गरेर बढी तथा  गुणस्तरिय काम सम्पन्न गर्ने क्षमता भएकाले दुई दिनसम्म सिकेका कुराहरु व्यवहारमा उतारेर आफ्ना सहकारी संस्थाका वित्तीय विवरण तथा अन्य कामहरु सहज छिटो र छरितोसंग एआई प्रयोग गरी गर्नुहुन समेत सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 

संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले कार्यक्रमको सुरुवाती चरणमा सहभागीहरूलाई स्वागत गर्दै आजको प्रविधिमय युगमा एआई हाम्रो दैनिक जीवन तथा कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा बन्दै गएको बताउनुभयो । उहाँले यस प्रशिक्षणमार्फत एआईको प्रभावकारी, सिर्जनात्मक र जिम्मेवार प्रयोगसम्बन्धी उपयोगी ज्ञान तथा सीप हासिल गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । साथै, दुईदिने तालिममा सहभागीहरूको सक्रिय सहभागिता, जिज्ञासा र सिक्ने उत्साहले कार्यक्रमलाई थप प्रभावकारी बनाउने उल्लेख गर्दै तालिम मार्फत सहभागीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि होस् भन्ने शुभकामना व्यक्त गर्दै स्वागत गर्नुभएको थियो । 

संघका प्राचार्य बल्लभ तिमल्सिनाले संघले आफ्ना सदस्य संघ संस्थाहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न समसामयिक तथा आवश्यक विषयहरूमा नियमित रूपमा तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो । उहाँले बदलिँदो प्रविधि र समयको आवश्यकतालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । साथै, आगामी दिनहरूमा पनि सहभागीहरूको आवश्यकता, रुचि र मागअनुसार विभिन्न विषयमा थप तालिम तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्ता तालिमहरूले सहभागीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै कार्यसम्पादनलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

एआईको फाइदा, बेफाइदा र व्यावहारिक अभ्यास डेमोका साथ भएको सो तालिमको मुख्य सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कृपेश लामिछाने र अमित कुमार जोशीले  गर्नुभएको थियो । सहकारी क्षेत्रमा कृत्रिम बुद्धिमताका विविध आयाम, यसका फाइदा तथा सम्भावित बेफाइदाहरूबारे प्रशिक्षण गर्नुभएको थियो ।  तालिमको सञ्चालन तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने समग्र व्यवस्थापन तालिम सहायक निश्चल खतिवडाले गर्नुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

पाठकबाट थप