सुरक्षित कार्यालय संचालनका विषयमा विज्ञहरुसँग महासंघको भर्चुअल अन्तरक्रिया  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित कार्यालय संचालनका विषयमा विज्ञहरुसँग महासंघको भर्चुअल अन्तरक्रिया  

काठमाडौं, २३ भदौ । राष्ट्रिय सहकारी महासंघले कोभिड १९ को बढ्दो संक्रमणका समयमा सहकारीहरुमा सुरक्षित कार्यालय संचालन तथा सदस्य सेवा प्रवाहका विषयमा विज्ञहरुहरुसँग अन्तरक्रिया गरेको छ । सहकारी संघ संस्थामा आबद्ध कोही पनि कोभिड संक्रमित भएको अवस्थामा कसरी एकान्तबास बस्ने वा राख्ने विषयमा विषय विज्ञ चिकित्सकहरुसँग महासंघले अन्तरक्रिया गरेको हो । सो कार्यक्रममा संक्रमण रोग र हेरचार विज्ञ डा प्रभात अधिकारीले सर्तक भएर कोभिड १९ विरुद्धका नियमहरु पालना गर्नुपर्ने विषयमा परामर्श प्रदान गर्नुभएको थियो । उहाँले समुदायले नै रोगको रोकथाममा भूमिका खेलेमा महामारीको नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले नाक, मुख र आँखाबाट भाइरस प्रत्यक्ष सर्ने भएकाले कार्यालयमा सम्पूर्ण कर्मचारी तथा सदस्यहरुले मास्क, पन्जा, चश्मा वा फेस सिल्ड लगाउनुका साथै कम्तिमा ६ फिटको भौतिक दूरी कायम गर्ने विषयमा सम्झौता गर्न नहुने सुझाव दिनुभयो । 

त्यसैगरी इन्टरनल मेडिसिन तथा स्वास्थ्य सेवा व्यवस्थापन विज्ञ डा विनोद ढुंगानाले पैसाको कारोबार गर्ने संघ संस्थाका कर्मचारीले पैसा चलाउनु अघि र पछि नियमित हात धुनेलगायतका सुरक्षा सावधानी अपनाउनुर्पे बताउनुभयो । अमेरिकाबाट भर्चुअल जोडिनुभएका डा. ढुंगानाले संक्रमण नियन्त्रण र एकान्तबासका लागि समेत चिकित्सकको नियमित परामर्श लिदाँ जोखिम न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो । 

 संक्रमण नियन्त्रण विज्ञ नर्स समिक्षा कोइरालाले निम्नउल्लेखित नियमहरु अनुसरण गरेर कार्यालय संचालन गर्न अनुरोध गर्नुभयो ।

  • सबै कर्मचारीको टेबलमा अनिवार्य स्यानिटाइजर राख्ने
  •  कार्यालय छिर्ने स्थानमा सबैले सहज पुग्ने गरी स्यानिटाइजर राख्ने ।
  •  नगदलाई २४ घन्टा क्वारेन्टाइनमा राखेर मात्र प्रयोग गर्ने । 
  • पैसा वा कागजात प्रयोग गर्ने बित्तिकै स्यानिटाइजर प्रयोग गर्ने । पैसा वा कागजपत्र थुक लगाएर नपल्टाउन । 
  •  आलोपालो कर्मचारी परिचालन गर्ने ।
  • नियमित प्रयोग गर्ने सामना सबै कर्मचारीको छुट्टाछुट्टै व्यवस्था गर्ने ।
  • कार्यालय भित्र छुट्टै जुत्ता÷चप्पल प्रयोग गर्ने ।
  • सदस्यको सुरक्षा प्रबन्ध पनि माथि उल्लेखभए अनुरुप गर्ने ।
  • दिनमा एक पटक कार्यालमा निर्मलीकरण गर्ने । 
  • दुई व्यक्तिबीच कम्तिमा ६ फिटको दुरी कायम गर्ने । 

 कार्यक्रमको भर्चुअल उद्घाटन गर्दै महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी संघ÷संस्था खोल्दा अपनाउनुपर्ने सुरक्षा विधि र संक्रमित सदस्यलाई घरमै राखेर स्वस्थ्य बनाउने प्रक्रियाका विषयमा महत्वपूर्ण प्रस्तुति भएको बताउँनुभयो । ‘सहकारी संघ संस्थाहरुमा उठेका धेरै प्रश्नको उत्तर यो कार्यक्रमले दिएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्दै जाने छौं,’ उहाँले भन्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले समुदायसँग प्रत्यक्ष सरोकार राख्ने सहकारी संघ÷संस्थाका लागि कोभिड १९ मा सुरक्षाका विधि अपनाएर सेवा प्रवाह गर्नुपर्ने आवश्यकता महसुस गरेर कार्यक्रमको आयोजना गरिएको र यो निकै प्रभावकारी भएको बताउनुभयो । कार्यक्रममा महासंघका संचालकहरु तथा महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप