नेफ्स्कून सञ्चालक जोशीको अध्यक्षतामा सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सञ्चालक जोशीको अध्यक्षतामा सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता

धनगढी । नेफ्स्कूनका सञ्चालक एवम् सहकारी अभियन्ता माधव प्रसाद जोशीको अध्यक्षतामा आज सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि दर्ता भएको छ । आजबाटै शुभारम्भ भएको कैलालीको धनगढीस्थित प्रदेश रजिष्ट्रार अधिकारीको कार्यालयले पहिलो दर्ता (दर्ता नं १) नै प्रदेश बचत तथा ऋण सहकारी संघ लि. गरेको हो । प्रदेश सहकारी ऐन २०७५ तथा नियमावली २०७५ बमोजिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. सुदुर पश्चिम प्रदेश धनगढी, कैलालीलाई  सीमित दायित्व भएको प्रदेश विषयगत संघका रुपमा दर्ता गरी स्वीकृत विनियम सहित प्रदेश सहकारी नियमावली २०७६ को नियम ३८ (क) बमोजिम प्रदेश रजिष्ट्रार अधिकारीको कार्यालयबाट दर्ता प्रमाण पत्र प्रदान गरिएको हो ।
दर्ता प्रमाण पत्रमा सुदूर पश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पहिलो रजिष्ट्रार गणेश सिंह ऐरीको हस्ताक्षर छ । आज आयोजित संक्षिप्त कार्यक्रममा सुदुर पश्चिम प्रदेशकी सहकारी मन्त्री विनिता चौधरी, प्रदेश सहकारी सचिव डा. किसन लाल भट्ट, विशिष्ट अतिथि नेफ्स्कूनका पूर्व सञ्चालक एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तारा लामा तामाङ उपस्थिति हुनुहुन्थ्यो । १५ सदस्यीय सुदूपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको नामावली निम्नानुसार छः

अध्यक्ष        माधवप्रसाद जोशी

उपाध्यक्ष     सुरतबहादुर खड्का

सचिव       तुलसी शर्मा

कोषाध्यक्ष   शेरसिंह कार्की

सदस्य     खगेन्द्रप्रसाद धमला

सदस्य  अम्बर बहादुर पुन

सदस्य  मिना बिष्ट

सदस्य  दिपक बडुवाल

सदस्य  अम्बिका चौधरी

सदस्य  मोहन चन्द

सदस्य  पदमराज जोशी

सदस्य  भक्त बहादुर आले

सदस्य  हेमराज बिष्ट

सदस्य  मोनिका कुमारी शाह

सदस्य  श्यामसिंह सामन्त

लेखा सुपरिवेक्षण समिति पदाधिकारीहरु

संयोजक  डिल्ली प्रसाद शर्मा

सदस्य  पुण्य तिमल्सिना

सदस्य  गिता जोसी

गत वर्ष असार १७ गते नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहुनभएको एक अन्तरक्रिया कार्यक्रमका क्रममा सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. गठनको उद्देश्य सहित तदर्थ समिति गठन गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप