सहयात्रीको १५औं बार्षिक साधारणसभाः खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहयात्रीको १५औं बार्षिक साधारणसभाः खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै काठमाडौं मिनभवन स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. को १५औं बार्षिक साधारणसभा तथा स्थापना दिवस आज सम्पन्न भएको छ । 

साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती प्रमुख अतिथि, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाई र सहकारी बैंक बानेश्वर शाखा प्रमुख बिष्णु गिरि लगायतको विशेष आतिथ्यता रहेको थियो । 

सहकारी बैंकका अध्यक्ष केबी उप्रतीले काठमाडौं तथा देशभरका लघुबित्त कार्यक्रम सञ्चालन गर्ने यस संस्थाको आफ्नै परिस्कृत पद्धति सहितको पाठशाला भएको र स्थापना देखि नै संस्थालाई नजिकबाट नियाल्ने अवसर मिलेको विचार व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो । उहाँले पुँजीको पर्याप्ततामा निश्चिन्त हुन र सहकारी मुल्य मान्यता र पारदर्शी कारोबार गर्न आश्वासन दिनुभएको थियो । 
 
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले संस्थालाई स्तरीकरण कार्यक्रममा आवद्धता मार्फत गुणस्तर सुनिश्चितता कायम गर्न र  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सीप र प्रशिक्षणमा सहभागी भई आधुनिक प्रबिधि तर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीमा महिला लघुबित्तको अन्तर्राष्ट्रिय अनुभव र प्रबिधि हस्तान्तरणमा  नेफ्स्कूनले पुलको भुमिका निर्बाह गर्नसक्ने बताउँदै सदस्यहरुको उद्यमशिलता प्रवर्द्धन गरि स्वरोजगार अभिबृद्धीमा लाग्न अनुरोध गर्नुभयो । उहाँले नवनिर्वाचित सञ्चालक समितिको क्षमता अभिबृद्धि (CUDCC)तालिम अबिलम्ब आयोजना गर्न र चारबर्षे रणनीति योजना तर्जुमा गरि अघि बढ्न निर्देश गर्नुभयो ।  

महासंघका संचालक टेक प्रसाद चौलागाईंले संस्थाको स्थापना देखि प्रत्येक गतिविधिमा नजिकबाट सम्लग्न रहँदै आएको अनुभव साट्दै संस्थाको उन्नती प्रगतिप्रति खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सदस्यहरुलाई सधै सकारात्मक र खुसी बन्न उत्प्रेरित गर्दै स्वरोजगार र उद्यमशिलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 

साधारणसभाले खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

साधारणसभाले गोपिनाथ घिमिरेको संयोजकत्वमा नबदुर्गा ढुंगेल र जुना डागी को निर्वाचन समितिद्वारा खेमराज सुबेदीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र महेश प्रसाद सुबेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।  उपाध्यक्षमा नृपेन्द्र श्रेष्ठ, सचिव सुमन कर्ण, कोषाध्यक्ष सन्तोष सापकोटा र सदस्यहरुमा शिलाशोभा श्रेष्ठ, रिता भट्टराई र बिष्णु गिरि सर्बसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी महेश प्रसाद सुबेदीको संयोजकत्वमा लिलाहरी उपाध्याय र चिना भट्टराई सदस्यमा चयन हुनुभएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र महासंघका सञ्चालक टेक प्रसाद चौलागाईंले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप